श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असोज ३ । नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । यसै दिनलाई मध्यनजर गर्दे देशभर संबिधान दिबस मनाईएको छ । तर संविधान जारी भएकै दिनदेखि यसको कार्यान्वयन पक्षका बारेमा अनेकौं आशंका गरिएको थियो । संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलले निर्धारण गरिएका काम दुई वर्ष भित्र पूरा हुन्छ कि हुँदैन भन्ने अन्यौलता रहेको थियो ।
यसैबिच अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि संबिधान दिबसको अबसरमा प्रभातफेरी तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । संबिधान दिबस जिल्ला समारोह समितिको आयोजनामा बिहान सन्धिखर्कमा प्रभातफरी गरी जिबिसको सभाहलमा प्रबचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मनतब्य राख्ने बक्ताहरुले संबिधानको कार्यन्वयन तिब्र गतिले अगाडी बढी रहेकोहुनाले यसको सफल कार्यान्बयनकोलागी सबैको सहयोग र सद्भाबको आबश्यकता रहेको बताउनु भएको थियो । यसरी मनतब्य राख्नेहरुमा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सनपा उपप्रमुख ठाकुर कुमार बिक,स्थानिय बिकास अधिकारी प्रदिप पौडेल, नेपाली काँग्रेसका सभापति बिष्णु खनाल मुस्कान, एमालेका सचिब रामबहादुर चौहान,माओबादी केद्रका सहसंयोजक तोज बहादुर रायमाझी, राजमो सचिब गोपाल पौडेल, नयाँशक्ति पार्टीका टोपबहादुर बलाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगायतले मनतब्य राख्दै नेपालमा राजनितिक आन्दोलन पुरा भैसकेको हुनाले अबका दिन भनेका बिकास निर्माण र आर्थीक क्रान्तीको भएकोले सोही अनुसार अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको स्वागत मनतब्य र दिलिप केसीको सन्चालनमा सम्पन्न भएको थियो ।