अर्घाखाँचीमा तेस्रो संबिधान दिवस ! संविधानको रक्षाको लागि सबैपक्ष बीच एकताको खाँचो

शेभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची असौज ३ । बिभिन्न कार्यक्रमको आयोजना गरी अर्घाखाँची जिल्लामा तेस्रो संबिधान दिवस मनाईएको छ । संबिधान दिवसको अवसरमा यहाँ प्रभातफेरी, दिपप्रज्वलन, प्रबचन लगायतका कार्यक्रम सम्पन्न भएकाछन् ।
 
 प्रबचन कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले जनता द्वारा निर्मित संविधानको रक्षार्थ सबैपक्ष बीच एकताको खाँचो औल्याए । उनीहरुले संबिधान जती सुकै राम्रो भएपनि त्यसको सहि रुपमा कार्यान्वयन हुन नसकेमा टिकाउ नहुने भन्दै संविधान कार्यान्वयनमा एकजुट भएर अगि बढ्न दलहरुलाई आग्रह गरे । 
नेपाली जनताको ६ दशक देखिको चाहना संविधान निर्माण पछि पुरा भएको भन्दै बक्ताहरुले राजनिक अधिकार प्राप्त गरेपनि आर्थिक उपार्जन र सम्बृद्ध राष्ट्र निर्माणको काम बाँकी नै रहेको बताए । नयाँ संबिधान निर्माण पछि जनताले सु शासन र बिकास खोजेको भन्दै बक्ताहरुले स्थानीय निकायको निर्वाचन पछि बिकासको ढोका खुलेको बताए ।
यसरी मन्तव्य राख्नेहरुमा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसाल, सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बि.क. किशोर, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,स्थानीय बिकास अधिकारी प्रदिप पौडेल,नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका सचिब राम बहादुर चौहान, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तोज बहादुर रायमाझी बिधान, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल,नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य टोप बहादुर बलाल, सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जि.सी.लगायत थिए ।
नयाँ संबिधान घोषणा हँदा २ बर्ष पहिले हजारौं जनता सडकमा आएर बाजागाजा सहित हर्षोल्लासमय बाताबरणमा नयाँ संबिधानको स्वागत गरीएको भएपनि २ बर्षमै संविधान दिबस लाई केबल औपचारीकतामा मात्र सिमित गरीएको छ ।

अन्य समाचारहरु