युवराज थापा
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड न ७ पानडाँडा र साबिक नुवाकोट गाबिस वार्ड न ५ पानडाँडाकी मृगौला पीडित श्रीमती श्यामकला रायमाझीको उपचारका लागि विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
पानडाँडाका मोहन बहादुर रायमाझीकी ३३ वर्षिया श्रीमती श्यामकला रायमाझीकोको उपचारका लागि समाजसेवी युवा तथा अर्घाखाँचीडट्कमका प्रतिनिधि सन्धिखर्क वार्ड नं १० बेल्टारी हाल इजरायलमा कार्यरत युबराज थापाको सक्रियतामा संकलन गरिएको रकम रु. ६०,६६९ (६० हजार ६ सय उनांन सत्तरी रुपैया) आज सन्धिखर्कमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम युवराज थापाकी ७३ बर्षीय बुढी आमा कुमारी थापा, श्रीमती कमला थापा, यूवराज थापा, आशा घिमिरे, राजेन्द्र भुसाल समाज सेवी युवा कृष्ण प्रसाद भुसालको उपस्थितीमा मृगौला पीडित श्रीमती श्यामकला रायमाझीलाई हस्तान्तरण गरिएको थियो । यस्तै कार्यक्रममा अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी, समाचार प्रमुख बिनोद गैरे, प्रतिनिधि बसन्त खड्का, गणेश के.सी लगायतको उपस्थिती रहेको थियो ।
श्यामकलाको परिवारको आर्थिक अबस्था अत्यन्तै नाजुक दयनिय रहेको र भ्एको सबै पैसा सबै उपचारमा खर्च भैइसकेकोले र उनको बिगत फाल्गुन २०७३ देखी दुई वटै मृगौला खराब भएका कारण भैरहवा मेडिकल कलेज, वीर हस्पिटल लगायतमा उपचार गरिरहेको र अहिले पोखरा स्ठित मणीपाल अस्पतालमा मृगौलाको डायलासिस उपचार गराउने क्रममा पनि श्यामकला रायमाझीको मृगौला उपचारमा सुधार हुन नसक्दा पोखरामा किड्नी उपचारको सम्भब छैन भन्ने सल्लाह सुझाब दिएपछि हाल श्यामकला आर्थिक स्थिति कमजोर भएको कारण उपचार गर्न छोडेर आफ्नै घर पानडाँडामामा बिस्तारमा थला परेकी छिन् ।
यस्तै श्यामकलालाई काठमाडौंको मृगौला प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणको लागि जानु पर्ने भएकोले र प्रत्यारोपणको लागि कम्तिमा पनि १२ लाख देखि १५ लाख सम्म आवस्यक पर्ने भएको छ । साथै समयमा प्रत्यारोपण नभएमा बचाउन गार्हो पर्ने बताइएको छ ।
मृगौला पीडित श्यामकला रायमाझीको लागि निम्न व्यक्तिहरुले सहयोगी गरेका थिए । सहयोगी दाताको नामावली यस प्रकार छ:-
१) बिष्णु श्रेष्ठ रु -५६९७ /-इजरायल
२ ) छिरिंग सेर्पा रु -५४०० /-इजरायल
३ ) यूवराज थापा रु -५००० /-इजरायल
४ ) तेन्जिंग शेर्पा रु -२७२७ /-इजरायल
५ ) योगेन्द्र लब्ली भट्टराई-२७२७ /-इजरायल
६ ) देब घिमिरे रु -२७२७ /- इजरायल
७) झकिन्द्र रु -१३५० /-इजरायल
८ ) राजु खड्का रु -२७२७/-इजरायल
९ ) ओबी भुसाल रु -२७२७/-इजरायल
१० ) मोहन पुरी रु -२७२७/-इजरायल
११ ) बिष्णु लम्स्कान रु -२७२७/-इजरायल
१२ ) दिपक प्रसाद ओली रु -२७२७/-इजरायल
१३ ) नवराज भट्ट रु -८०० /-इजरायल
१४ )विजय नयनको पहलमा रु -१५,१६९ /-अमेरिका
कुल रकम :- रु६०,६६९ ( ६० साठी हजार ६ सय ६९ सत्तरी)।
यस्तै कसैले श्यामकलालाई बचाउन सहयोग गर्नुपरेमा श्रीमती सीता रायमाझीको अर्घाखाँचीमा रहेको राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्क शाखा अर्घाखाँची बचत खाता न:- २०३५८ मा जम्मा गर्न सकिने छ। वा निजको संपर्क मोबाईल न:- ९८४७३४४९१०र ९८१७५७८८५८ मा सम्पर्क गर्नसकिने छ ।