श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असोज ४ । एनएमबि बैंकको एकघर एक खाता अभियान अन्तरगत अर्घाखाँची शाखाले पनि जिल्लामा अभियानलाई तिब्रता दिएको छ ।
जसअन्तरगत बैंकले सन्धिखर्क नगरपालीका श्रोत केन्द्रका करीब ३५ वटा बिद्यालयहरुका प्रध्यानाध्यापकहरुलाई बुधबार सन्धिखर्कमा बित्तीय साक्षरता र बैंकीङ क्षेत्रको बारेमा जानकारी गराएको हो ।
कार्यक्रमको ब्रान्चमेनेजर नगेन्द्र प्रसाद पौडेल र कृष्णप्रसाद खनालले सहजीकरण गर्नु भएको थियो ।