श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असोज ७ । नेपाल सरकार बाट मान्यता प्राप्त घ बर्गको स्वरोजगार लद्युवित्त विकास बैंकको अर्घाखाँचीमा शाखा खुलेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी सन्धिखर्क नगरपालिका २ का वडा अध्यक्ष मोतिजंग रायमाझीले चुत्रावेशी भक्तिटोलामा रिवन काटेर बैंकको उदघाटन गर्नु भयो ।
बैंकको उदघाटन गर्दै रायमाझीले वडा तथा नगरपालिकाबाट बैंकलाई परेको आवश्यक सहयोग गर्ने बताउदै सफलताको कामना व्यक्त गर्दे सर्बसाधारण जनताको पहुँच सम्म पुग्नुपर्नेमा जोड समेत दिनु भयो ।
कार्यक्रममा वडा सदस्य सुष्मा श्रेष्ठ, कमल प्रसाद घिमिरे, सरोज भुसाल, पत्रकार श्याम घिमिरे लगाएतले बैंकलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
देशभरमा ४२ वटा शाखा रहेको बैंकको मुख्य शाखा बनेपामा रहेको छ । १ अर्व ४६ करोड लगानी भएको बैंकमाा ५० करोड निक्षेप, ४६ हजार सदस्य संख्या रहेको अर्घाखाँची शाखा प्रमुख सुमन आचार्यले बताउनु भयो ।
बैंकले बचतसेवा, ऋण सेवा, रेमिट्यान्स सेबा, सिपमुलक तालिम, दैविप्रकोपमा आर्थिक सहयोग गर्ने जस्ता काम गर्दै आएको छ ।