अर्घा भेडावारीमा गरीबताको कारण उपचार गर्न नसकेर मृत्‍यु भएका गन्धर्व बालकको परिवारलाई आर्थिक सहयोग प्रदान

युवराज थापा 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शन्धिखर्क नगरपालिका वार्ड नम्बर -९ अर्घा भेडावारीमा आर्थिक स्थिति कमजोर भएका कारण उपचार गर्न नसकेर मृत्‍यु भएका गन्धर्व बालकको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बालक दिपक गन्धर्वको आर्थिक कारणले उपचार हुन् नपाउदा भाद्र ११ मृत्‍यु भएको थियो । 
अर्घा भेडावारीका मृतक १४ बर्षिय बालक दिपक गन्धर्वको परिवारलाई समाजसेवी युवा तथा अर्घाखाँचीडट्कमका प्रतिनिधि सन्धिखर्क वार्ड नं १० बेल्टारी हाल इजरायलमा कार्यरत युबराज थापाको सक्रियतामा संकलन गरिएको रकम रु. -२०,२३९ (२० हजार २ सय ३९ रुपैया) एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । सहयोग रकम यूवराज थापा, श्रीमती कमला भुसाल र राजेन्द्र भुसालको उपस्थितिमा मृतक बालक दिपकका बाबु शर्मे गन्धर्वलाई भेडावारी घरमा पुगी हस्तान्तरण गरिएको थियो ।
मृतक बालक दिपक गन्धर्व राहीस चौर माबि रजस्थल अर्घामा कक्षा ६ मा अध्यनरत थिए । दिपक गन्धर्वको सन्धिखर्क जिल्ला अस्पताल उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
उता छोराको मृत्यु भएको ६ दिनपछि मृतकका बाबु सर्मे गन्धर्व भुमिकास्थान नगरपालिका नुवाकोटमा फेला परेका थिए । उनी छोराको उपचार र घरको दैनिकी जुटाउन बाहिर गएका थिए ।  
सर्मेले छोराको उपचार र घरको दैनिकी जुटाउन गाउँ गाउँमा तथा जिल्ला भन्दा बाहिर सारंगी बोकेर हिडने गर्दथे, १५ दिन घरमा १५ दिन बाहिर गाउँमा हिड्डुल गरेर जम्मा गरेको खाद्यन्न ,लत्ताकपडा, पैसाले आफ्नो परिवारहरुको जिविकाउपार्जन गर्दै आएका थिए ।
आर्थिक सहयोग युवराज थापा तर्फबाट १०,००० (१० हजार रुपैया) अमेरिकामा रहनु हुने समाजसेवी ब्याक्ति विजय नयनको पहलबाट १०,२३९ -(१० हजार २ सय ३९ रुपैया) गरी कुल रु -२०,२३९  (२० हजार २ सय ३९ रुपैया) संकलन भएको थियो ।   

सम्बन्धित समाचार: 

अन्य समाचारहरु