केशब पोखरेल
दक्षिण कोरिया ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले अर्घाखाँची जिल्लाको पाणिनी गाँऊपालिकाका मृगौला पिडित कृष्ण प्रसाद पोख्रेललाई रकम सहयोग गरेको छ ।
बिगत केहि समयदेखि मृगौला रोगबाट पिडित ४८ वर्षिय पोख्रेललाई अर्घाखाँची सम्पर्क मन्चले कोरियामा सहयोग अभियान चलाई संकलित भएको रकम रु ९००००/ ( नब्बे हजार रुपैया) आज हस्तान्तरण गरिएको हो ।
विरामी पोख्रलेको आर्थिक स्थित दयनिय भएकोले मन्चका कोषाध्यक्ष राज खनालको संयोजकत्वमा सहयोग अभियान चलाएका थियो । उक्त संकलित रकम मन्चका कार्यसमिति सदस्य विष्णु पौडेलेले विरामी पोख्रेललाई हस्तान्तरण गरेका हुन । सहयोग अभियानमा साथ दिनुहुने कोरियावासी नेपालीहरुलाई हार्दिक धन्याबाद ज्ञापन गर्दै विरामीको सिघ्र स्वास्थ्य लाभको कामना समेत मन्चले गरेको छ ।
विरामीको आर्थिक स्थिति कमजोर भएकाले सहयोगका लागि आग्रह आएपछि हामीले सहयोग अभियान चलाएका हौ; मन्चका कोषाध्यक्ष राज खनालले भने । मन्चले यसअघि पनि बिभिन्न किसिमका परोपकारी कार्यहरु गरिरहेको पनि खनालले जानकारी गराए ।