कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ र २ द्वारा प्रदेश र प्रतिनिधि सभा चुनाबका लागि नाम सिफारिस (विवरण)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ र २ ले प्रदेश र प्रतिनिधि सभा चुनाबका लागि जिल्ला पार्टीलाई नाम सिफारिस गरेको छ ।
क्षेत्रले प्रतिनिधि सभाका लागि नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान, नेता डाक्टर राम बहादुर बिसी, नेता रेवती प्रसाद भुसाललाई केन्द्रीय सासदका लागि सिफारिस गरेको छ । यस्तै प्रतिनिधि सभा समानुपातिक तर्फका लागि पुष्पा भुसाल, मान बहादुर बिकलाई सिफारिस गरेको
साथै प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ हिम्मत टन्डन, यादब घिमिरे, डाक्टर जय बहादुर टन्डन, अहमद हुसेन, धर्मराज भुसाल, कृष्ण प्रसाद शर्मालाई सिफारिस गरेको छ । भने प्रदेसमा समानुपातिकमा श्यामनाथ काश्यप, छबिलाल पौडेल, हेमन्त बेल्बासे गरेको काङ्ग्रेस नेता हेमन्त बेल्बासेले अर्घाखाँचीडट्कमलाई जानकारी दिए । 

अन्य समाचारहरु