प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । दुई वटा निर्बाचन क्षेत्र रहेको अर्घाखाँचीमा मंसीर २१ गते हुने संघ र प्रदेस सभाको निर्बाचनकालागि कांग्रेसले उम्मेद्धारको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसका दुइ वटै निर्बाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेस सभाको निर्बाचनको लागि प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ दुबै तर्फका उम्मेद्धारको नाम केन्द्रिय समितिमा पठाएको छ ।
निर्बाचन क्षेत्र नम्वर १ को बैठकले संघ अर्थात प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ ३ जना र समानुपातिक तर्फ ६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ रेवती प्रसाद भुसाल,डा. रामवहादुर विसी, र मुक्ति श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति केसवराज कुवरले बताउनु भयो । समानुपातिक तर्फ मानवहादुर विक, पुस्पा भुसाल, छविलाल पौडेल, भोजबहादुर बस्नेत, तारा प्रसाद श्रेष्ठ र पिताम्वर खनालको नाम उम्मेद्धारकोलागि सिफारिस गरेको छ ।
प्रदेस सभाको लागि प्रत्यक्ष तर्फ ४ जना र समानुपातिकको लागि २५ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ केसवराज कुवर, विष्णु प्रसाद खनाल (मुस्कान), चन्द्रमान श्रेष्ठ र वावुराम पौडेल रहनु भएको छ ।
समानुपातिक तर्फ कृष्ण बहादुर ज्ञवाली, मोहमद सफर मिया, हरिहर आचार्य, केशब श्रेष्ठ, देवराज श्रेष्ठ, लाकेन्द्र विक, अनिता ज्ञवाली, निर्मला क्षेत्री, किमकला भुसाल, राम वहादुर राना, रहेका छन । त्यसै गरि बैकुण्ठ थापा मगर, मणिराम परियार, मिरा पाण्डे, तारा प्रसाद फुल्लेल, हुमकला भुसाल, विनोद आचार्य, कमल प्रसाद आचार्य, मान वहादुर सुनार, ज्ञान वहादुर पाण्डे, ढकलाल पौडेल, मुमलाल फुल्लेल, पुर्ण कुमारी बन्जाडे, राम वहादुर खत्री, हरिनारायण बस्नेत र राधा आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय सचिव तारा प्रसाद फुल्लेलले जानकारी दिनु भयो ।
निर्बाचन क्षेत्र नम्वर २ को बैठकले संघ अर्थात प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ २ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ विष्णु प्रसाद खनाल (मुस्कान), डा. राम वहादुर विसी, रेवती प्रसाद भुसाल, वालकृष्ण पाण्डे, र मुक्ति श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति अच्युत गौतमले बताउनु भयो ।
प्रदेस सभाको लागि प्रत्यक्ष तर्फ ७ जना र समानुपातिकको लागि १६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ हिम्मत टण्डन, यादव प्रसाद घिमिरे, कृष्ण प्रसाद शर्मा, डा. जय बहादर टण्डन, धर्मराज भुसाल, दिनेशमणि घिमिरे र अहमद हुसेनको नाम उम्मेद्धारकोलागि केन्द्रमा सिफारिस गरेको छ ।
प्रदेस सभाको समानुपातिकमा श्यामनाथ कास्यप, छविलाल पौडेल, प्रेमनारायण वेल्वासे, हेमन्त वेल्वासे, कुमार केसव सिंह, निमबहादुर विक, गणेश वहादुर सिंह, खिमकुमार श्रेष्ठ, कमल विकको नाम सिफारिस गरेको छ । त्यसतै जम्सेर मिया, रजब मिया, सुवि शाह, भोजराज शास्त्री र महिला तर्फ शान्ता भण्डारी, अम्विका पोख्रेल र चम्पा पोख्रेलको नाम उम्मेद्धारको लागि सिफारिस गरेको क्षेत्रीय सचिव कृष्णलाल पुरीले बताउनु भयो ।