अर्घाखाँचीमा आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदै ( तस्बिर)

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची । हिन्दुहरुको महान चाड बडादसैँको दसौँ दिन आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिका लगायत जिल्लाभरका सबै नगरपालिका र गाउँपालिकाहरुमा आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।

अर्घाखाँचीमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ । आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बुवाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

अन्य समाचारहरु