पाणिनी गाऊँपालिका ५ मैदान भर्तापुर बिर्दिमा सराय नाच सम्पन्न

प्रदिप सूर्यवंशी 
पाणिनी ५ मैदान भर्तापुर अर्घाखाँची २०७४ असोज १७ । अर्घाखाँची जिल्लाको पाणिनी गाऊँ पालिका ५ मैदान भर्तापुर स्थित बिर्दिमा रहेको आलम देवी मन्दिरमा सराय नाच तथा पुजाआजा भएको छ ।  
प्रत्येक वर्ष विजया दशामी अर्थात वडा दशैको त्रियादशी तिथिको दिन गरिने यो नाँचमा पन्चेवाजाको साथमा पन्चगोली र मेड़ों ल्याउने चलन रहेको छ । र यस मन्दिरमा दर्जनौ जनाले पशुवलि चदाएका थिए। यस मन्दिरमा अर्घाखाँची, कपिलवस्तु, रुपन्देहि,पाल्पा,गुल्मी जिल्लाको दर्शालु आएका थिए। भर्तापुर युवामंचका अध्यक्ष जाल बहादुर सारु सम्पूर्ण टिम लगायत सदस्य स्वतंत्र पत्रकार जिल्ला सदस्य प्रदिप सूर्यवंशी को पनि उपस्थित रहेको थियो। 
 पाणिनी ५ भर्तापुर बिर्दि स्थित ३ हजार भक्तजनहरुले दर्शन गरेको मन्दिर व्यावस्थापनका समिति का अध्यक्ष नुनलाल शर्मा  सारु जानकारी दिनुभएको छ। भर्तापुरको बिर्दिमा रहेको आलम देवीको मन्दिरको साखा मानिने यो मन्दिरमा वि.स २०५६ अश्विन देखी सुरुवात गरिएको यस मन्दिरमा लामो समय देखी पुजा आर्चना गर्दै आउनुभएको पुजारी नन्दलाल घिमिरेले जानकारी दिनु भएको छ । विस २०५६ मा निर्माण गरिएको यो मन्दिरमा पौवा निर्माण गर्न नसकिएको र यस विषयमा सरोकारवालाले ध्यान दिन नसकेको अवस्थामा पुजापाठ गर्न र मन्दिर व्यावस्थापनका सामग्री राख्न समेत असुविधा रहेको गुनासो पुजारी तथा  मन्दिर व्यावस्थापन समितीका अध्दक्ष मन बहादुर गाहा को गुनासो रहेको छ । 
हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुशी हुने विश्वास रहेको छ । यो नाचँ पुख्यौली नाचँ भएको स्थानिय तुल वहादुर सूर्यवंशीले बताए ।  
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक सदभाव कायम गरी भाइचारा विस्तार गन मन्दिरमा वृहत सराय जात्रा र फूलपाती विसर्जन गरिएको थियो ।

अन्य समाचारहरु