अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ८ को राँगामारे मेलाभरेर घर फर्कने क्रममा कुटपिट गरेर एक जना स्थानियबासीलाई गम्भिर घाइते बनाएका छन् ।
मालारानी गाउँपालिका वडा नं ९ गोखुंगाको र प्युठानको सिमाना पर्ने बिड्डाडाँ बस्ने बर्ष ५० का गिताराम केसीलाई स्थानिय भुपेन्द्र घर्तिमगरले कुटपिट गरि गम्भीर घाइते बनाएका हुन् ।
मालारानी गाउँपालिका वडा नं. ८ को राँगामारे मेलाभरेर घर फर्कने क्रममा घर बसेको बेलामा एक्कासी लाठी, ढुंगाले हान्दा टाउकोमा र अनुहारमा गम्भीर चोट लागेको छ ।निज घाइतेको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भै रहेको छ ।
कुट्पिट गर्नुको कारण खुल्न सकेको छैन । कुटपिट गरेर फरार हुने व्यक्तीको खोजी भईरहेको प्रहरीले बताएको छ ।
तस्बिर: सहयोगी बिसीबाट