अर्घाको मसुरपाटामा नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ( तस्बिर सहित)

श्याम घिमिरे | तस्बिर: बसन्त खड्का 
 अर्घा  मसुरपाटा, अर्घाखाँची असोज १९ । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली सुदर्शनले कम्युनिष्ट नामका कलंकहरु आफै पाखा लागेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको आयोजना कोजार्गत पुर्णिमाको अबसर पारेर बिहिबार अर्घाको मसुरपाटामा गरीएको जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दे नेता वलीले यस्तो भनाई ब्यक्त गरेका हुन ।
 नेता वलीले  कुँडाकक्कडलाई एक ठाउमा थुपार्ने  काम बिदेशी प्रभुले गरेको हुनाले नकरात्मक रुपमा बधाई दिनुपर्ने भन्दै यस्तो प्रकारको एकताबाट नेपाली काँग्रेसलाई नछटपट्याउन आग्रह समेत गरेका थिए । कर्पोरेट र रका एजेन्टहरुले देश सन्चालन गरीरहेको बताउदै नेता वलीले सच्चा र क्रान्तिकारी शक्तिहरु एकै ठाउमा उभिनु पर्नेमा जोड दिएका थिए । आफुहरु एकिकृत जनक्रान्तिको बाटोमा अगाडी बढीसकेको हुनाले कुनैपनी हालतमा पछाडी नह्टने धारणा समेत उनले ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी ब्युरो ईन्चार्ज बिरजंग,जिल्ला ईन्चार्ज सुमन ज्ञबाली,खेम घर्ति,योगेन्द्र चौहान लगायतको पनि उपस्थीति रहेको थियो । 
कार्यक्रममा सामना जनसंगीत अभियानका केन्द्रीय  तथा जिल्लाका कलाकारहरुले विविध जनवादी सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरी दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका  थिए । 

अन्य समाचारहरु