मालारानी गाउँपालिकाको खनदह साबडाँडामा बस दुर्घट्ना, २ जना मृत्यु, ४६ जना घाईते (सम्पूर्ण विवरण सहित)

प्रेम खड्का 
खन, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका वार्ड नं. ३ खनदह साबडाँडामा  यात्रुबहाक बस दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ । साथै दुर्घट्नामा ४६ जना घाईते भएका छन् । मृत्यु हुनेमा अभियान आचार्य, बर्ष ९ – मालारानी गाउँ पालिका वडा नं ३ सुन्तली बि क बर्ष ४६, गुल्मी नयाँ गाउँ रहेका छन् ।
अर्घातोष डाँडाकटेरीबाट बिहान ७.३० बजे खनदह-खन सन्धिखर्क हुँदै बुटवल तर्फ हिंडेको लु १ ख ७५१८ नम्बरको यात्रुबहाक बस छुटेको  करिब २० मिनट पछि मालारानी गाउँपालिका वार्ड न -३ साबडाँडामा (खनदह बजार-सुन्दरा निमावी नजिक नजिकै) 
 दुर्घट्ना हो । 
गम्भीर घाइते मध्ये ८ जना (५ जना महिला र ३ जना पुरुष) लाई 

हेलिकप्टर मार्फत काठमाडौं महाराजगन्ज स्थित टिचीङ अस्पतालमा पठाइएको छ भने केही हेलिकप्टर आउन ढिला भएकोले ट्याक्सी र एम्बुलेन्समा पठाईएको थियो ।  यस्तै १२ जनालाई बुटवल रिफर गरिएको छ ।  भने घाइते मध्ये अन्यलाई  जिल्ला अस्पताल सन्धिखर्कमा भर्ना गरिएको छ ।  मृत्‍यु हुनेको संख्या अरु बढन सक्ने अस्पतालले बताएको छ । 


अहिले सम्म सन्धिखर्क ल्याइपुराइएका घाइते हुनेमा नाम विवरण यस प्रकार छ:- 
१ – सुरज विक साविक धुर्कोट २ – सुन्तली विक धुर्कोट ३ – सावित्रा खनाल गोरसिङे ४- टोपलाल खनाल गोरसिङे ५- गोमा भुसाल वर्ष ५० सन्धिखर्क – ११ ६- भावना आर्याल, खन आरुखोला ७- शान्ता भुसाल सन्धिखर्क – ११ ८- आले कुवर मालारानी – २ ( गभिर घाइते ) ९- कृपाराम पोखेरेल ( वर्ष ८०) खनदह १०- थम्मन विक खन ११- इन्दिरा आचार्य मालरानी  ३ खन १२- प्रजाल सिंह खत्री भूमिकास्थान ९ १३- प्रकाश सिंह खत्री भूमिकास्थान – ९ १४- लेखनाथ भण्डारी – गुल्मी १५- उमेश खनाल मालारानी -२ १६- सकुन्तला श्रेष्ठ मालारानी -१, १७- यमकला भुसाल वर्ष ३८- मालारानी २, १८- गोरे सार्की वर्ष ५५ – धुर्कोट, गुल्मी, १९- भानुभक्त आचार्य वर्ष १८ – मालारानी  २, २० – कृष्ण कुवर वर्ष २० – मालरानी  २, २१- भद्रकला भट्टराई वर्ष ६७, २२- सिता भुसाल वर्ष ५२ 
काठमाडौं रिफर गरिएका घाइतेहरुमा सनपा ११ कि ५० वर्षीय गोमा बस्याल र शान्ता भुसाल ,मालारानी गाउँपालिका २ का २१ वर्षीय उमेश कुवँर ,तिलोतमा नगरपालिका ३ की ६७ वर्षीय भविकला भट्टराई मालारानी २ की ३८ वर्षीया यमकला भुसाल ,मालारानी ३ का १८ वर्षीय भानु भक्त आचार्य , मालारानी गाउँपालिका ३ की ३१ वर्षीय इन्दिरा आचार्य खनाल र गुल्मी जिल धुर्कोट शोभे सार्कि रहेका छन ।
बस सडकबाट करिब २ सय मिटर  तल खसेको छ । दशैमा आफ्नो घरमा आएका अधिकाँश यात्रु सो बसमा चढेका थिए ।
घटनाको खबर पाउना साथ खनदह ,खन ,अर्घातोष बाट सयौको संख्यामा जनता आई उद्दार गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय खनको प्रहरी टोली, पश्चिम यातायात बस ब्यबसायी संघ,  रेडक्रस सोसाइटी घटनास्थलमा पुगेर उद्दारगरी एम्बुलेन्स तथा अन्य उपलब्ध सबारी साधनले घाइतेलाई अर्घाखाँची जिल्ला अस्पताल ल्याउन सहयोग गरेका थिए । 
बस चालक सन्धिखर्क नगरपालिका वार्ड न -१० धरमपानी डल्लेबाटाका बर्ष २५ का गोकुल बिक रहेको र उनले बिगत २ बर्ष अघि देखि काठमाडौं देखि पोखरा जाने बस चलाउने गरेता पनि अर्घाखाँचीमा रहेका रुटहरुमा २ हप्ता अघि देखि बस चलाउदै आएको थिए ।  
दुर्घट्नाको कारण क्षमता भन्दा बढी यात्रु हुँदा भनेता पनि प्रमुख खुल्न सकेको छैन् तर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले अर्घाखाँची डट्कमलाई जानकारी दिएका छन् ।  

अन्य समाचारहरु