श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असोज २० । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली सुदर्शनले माओबादी केन्द्र अन्तत एमालेमा बिलय भएको आरोप लगाएका छन ।
रिपार्टर्स क्लब नेपाल अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मनतब्य राख्दै वलीले यस्तो आरोप लगाएका हुन ।
कम्युनिष्ट नामका कलंकहरु आफै पाखा लागेको भन्दै नेता वलीले कुँडाकक्कडलाई एक ठाउमा थुपार्ने काम बिदेशी प्रभुले गरेको हुनाले नकरात्मक रुपमा बधाई दिनुपर्ने बताएका थिए । साथै उनले यस्तो प्रकारको एकताबाट नेपाली काँग्रेसलाई नछटपट्याउन आग्रह समेत गरेका थिए । कर्पोरेट र रका एजेन्टहरुले देश सन्चालन गरीरहेको बताउदै नेता वलीले सच्चा र क्रान्तिकारी शक्तिहरु एकै ठाउमा उभिनु पर्नेमा जोड दिएका थिए । आफुहरु एकिकृत जनक्रान्तिको बाटोमा अगाडी बढीसकेको हुनाले कुनैपनी हालतमा पछाडी नह्टने धारणा समेत उनले ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य तथा लुम्विनी इन्चार्ज चन्द्रबहादुर चन्द बिरजङ्ग, केन्द्रीय सदस्य टेकबहादुर बोलपाखीको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता,अर्जुन भुसालको स्वागत मनतब्य र गणेश खनालको सन्चालनमा सम्पन्न भएको थियो ।