शितगंगा नगरपालिकाको भेडामारेमा सुपा देउराली दर्शन गर्न आएकी एक महिलाको बसले किचेर मृत्यु

(पहिलो प्रकासित मिती: २०७४ आश्विन २१, शनिबार)

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपा देउराली दर्शनका लागि बुटवलबाट आउने क्रममा बसले किचेर शितगंगा नगरपालिकाको भेडामारेमा एकजना महिलाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका वार्ड नं. १ नयाँमिल बुटवलकी अन्दाजी ४५ वर्षिया देवी कार्कीको श्रीमानले चलाएको लु.३५ प ८९३ नम्बरको स्कुटीलाई पछाडिबाट संगसंगै आउँदै गरेको लु.१ ख ५८४७ नम्बरको बसले ठक्कर दिई किचेर घटनास्थलमा नै मृत्यु भएको हो । 
बसले ठक्कर दिएपछि स्कूटर पछाडि बसेकी महिला एक्कासी खस्दा एउटै दिशाबाट आइरहेका बसको पछिल्लो चक्काले च्याप्दा निज महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
स्कुटी चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्य समाचारहरु