छत्रदेव गाउँपालिकाका ८ वटै वार्डहरुमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका ८ वटै वार्डहरुमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिने भएको छ ।
सामाजिक सुरक्षा भत्तासँगै भत्ता लिन अाउनेहरुका लागि यही असोज २३ गते सोमबारका दिन विहान विहान १० बजे देखि साँझ ५ बजे सम्म निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिने भएको हो । 
छत्रदेव गाउँपालिकाका ८ वटै वार्ड कार्यालयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रममा समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, अशक्त, दलित बालबालिकाहरुलाई उपस्थिती भई स्वास्थ्य परिक्षण गर्न अनुरोध समेत गरिएको छ ।    
शिविरका लागि आवश्यक औषधि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको हो भने गाँउपालिकाको आन्तरिक श्रोतबाट पनि केही औषधि ब्यवस्था गरिएको स्वा. सेवा विभागमा कार्यरत अधिकृत कृष्णराज पाण्डेले बताउनु भयो ।
विशेष गरि गाँउपालिका भित्रका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, अशक्त, दलित बालबालिकाहरु सरकारले दिनुपर्ने न्यूनतम स्वास्थ्य सुविधाबाट बञ्चित नभई स्वास्थ्य सम्बन्धी चेतना गाउँ गाँउमा पुर्याउनका लागि छत्रदेव गाँउपालिकाकै आयोजनामा गर्न लागिएको यो शिविर पहिलो रहेको र समय समयमा यस प्रकारको कार्यक्रम गरिने साथै गाँउपालिका नागरिकको स्वास्थ्य प्रति सचेत रहेको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो ।

अन्य समाचारहरु