पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्रको ११ औ अधिवेशन सन्धिखर्कमा सम्पन्न, अध्यक्षमा हरी खड्का निर्बाचित

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची २१ असोज । पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्र सन्धिखर्कको २४ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशन सम्पन्न भएको छ । 
अधिवेशनले हरि वहादुर खड्काको अध्यक्षतामा नँया कार्य समितिको चयन गरेको छ । जस्को उपाध्यक्षमा सारदा परियार, सचिव मणिराम परियार, सहसचिव इन्सु मिया र कोषाध्यक्षमा भीमा थापा रहेका छन । सदस्यहरुमा लक्ष्मी विक, मेख वहादुर थापा, जनक वहादुर पुन, मिना श्रेष्ठ , गिता जिएम र सरस्वती विक रहेका छन । 
अधिवेशनको उद्घाटन समारोहमा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्माले गैर सरकारी सस्थाहरुले पारदर्शी रुपमा जनताको सेवामा काम गर्नु पर्ने बताउनु भयो । उहाले गरिवी निवारण , विकास र शसक्तिकरणमा काम गर्नु पर्ने बताउनु भएको छ । 
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य झमन कुमारी श्रेष्ठ, सन्धिखर्क नगर समन्वय समिति सदस्य सृजना विक, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल, महिला विका कार्यलयकि सारदा विक, पत्रकार महासंघका अध्यक्ष हिमवहादुर जिसि (लेकाली), सस्थाका सदस्य इन्सु मिया लगायतले मन्तब्य राख्नु भएको थियो । 
अधिवेशनमा निर्वाचन समितिको संयोजक अधिवक्ता टिका भुसाल,  सदस्यमा प्राध्यापक रामलाल भुसाल र पत्रकार प्रेमनारायण आचार्य रहनु भएको थियो । 
कार्यक्रम सस्थाका अध्यक्ष हरि वहादुर खड्काको अध्यक्षता, मणिराम परियारको सञ्चालन र मेख वहादुर थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु