धातिवाङ्गका मृगौला पिडितद्धारा सहयोगको अपिल

घनश्याम पौडेल 
सन्धिखर्क, अर्घाखाँची २३ असोज । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपलिका ६ धातिवाङ्गका ११ वर्षिय विरबहादुर नेपालीलाई बचाँउनका लागी उनका बुबा नेत्रबहादुर नेपालीले अपिल गरेका छन । 
दुवै मृगौला फेल भएका नेपालीको घरको आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको अपिल गरेका छन् । उपचारका लागी आर्थिक अभाव भएपछि सहयोगका लागी आग्रह गरेका हुन् । 
विरबहादुरको काठमाडौंको टिचिङ्गमा उपचार पछी घर आएका छन । उनी अहिले प्रत्येक हप्ताको सोमबार सुई लगाउँन सन्धिखर्क आउँछन । अस्पतालले ४ महिना भित्र मृगौला फेनुपर्ने बताएको नेपालीले बताए ।
एक पटकमा सन्धिखर्क आउँदा उनको पाचँ हजार खर्च हुन्छ, नेत्रबहादुरले भने गाउँमा घरै नविराईकन जसले जती ऋण दिन्छन, त्यसरी नै पैसा खोजेर छोराको उपचार गराईरहेको छु, अहिलेसम्म दुईलाख खर्च भईसक्यो, सवै ऋण खोजेर नै उपचार गराएको छु, घरको आर्थिक अवस्था कमजोर भएकाले छोराको ज्यान बच्छ, कि भनेर सहयोगको अपिल गरेको हुँ उनले भने ।
सदरमुकाम सन्धिखर्कमा रहेको प्रभु बैंकमा नेत्रबहादुर  नेपालीको नाममा रहेको खाता नम्बर ११४१०७००९३९५८८०००००१ मा आफुसक्दो सहयोग गर्न अपिल गरेका छन । 
बालकको ज्यान बचोस भन्ने उद्देश्यले पाणिनी ६ धातिवाङ्गका वडा अध्यक्ष शुभबहादुर सारु र वडा सदस्य खगिश्वर पौडेलले एघार सयका दरले दुई जनाले बाईस सय नेपालीको खातामा जम्मा गरिदिएका छन । 

अन्य समाचारहरु