प्रेम नारायण आचार्य
ठुलाखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकस्थान नगरपालिका वार्ड नम्बर ३ अन्तर्गत ठुलाखर्कका टोलहरुमा चौतारा सरसफाई ब्यबस्थापन समिति र सरोकारवालाहरुको पूर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
चौतारा सरसफाई ब्यबस्थापन समितिलाई अगाढी बढ्न सहयोग पुर्याउने उदेश्यका साथ यु एन हेविटाट र प्रकाश सचेतन समुह ( प्राग ) को सहजीकरण सहयोगमा मंगलबार २४ असोजका दिन चौतारा सरसफाई ब्यबस्थापन समिति र सरोकारवालाहरुको पूर्ण सरसफाई सम्बन्धि एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।
ठुलाखर्कमा पर्ने परियार टोल, थापा टोल, पाण्डे टोल, भाट टोल, गैरा टोल, वेवरे, बेथ्थला लगायत विभिन्न ससाना टोल समेटेर ५८ घरपरिवार र सिदार्थ आधारभूत बिद्यालय भएको क्षेत्रलाई चौतारा नामकरण गरि उक्त समुदायलाई वार्डमा अरुले भन्दा छिटो सफा र स्वच्छ समुदाय बनाउने सोच रखिएको छ ।
समितीका अध्यक्षत राजु पाण्डेको अध्यक्षतामा संचालित उक्त तालिमको सहजीकरण यु एन हेविटाट क जिल्ला संयोजक बिष्णु दवाडी र प्रकाश सचेतन समुह ( प्राग ) का कार्यक्रम संयोजक भविश्वर पौडेल र वास अफिसर श्याम सुन्दर दुंगानाले गर्नु भएको थियो । कार्यक्रममा समितिका सल्लाहकार एवं समाजसेवी बाबुराम बन्जाडेले स्वागत मन्तब्य र सामाजिक परिचालक हरि बहादुर के.सी ले शुभकामना मन्तब्य दिनु भएको थियो।
श्याम सुन्दर दुंगानाले संचालन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथी बिष्णु दवाडीले स्वास्थ्य, इज्जत, प्रतिष्ठा बढाउन र अरुका लागि समेत उदाहरणीय बन्न आजैदेखि सबै लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।
४३ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा अध्यक्षले सबै मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिदै आफुले सक्दो प्रयत्न गरि प्रभाबकारी नेतृत्व बहन गर्ने प्रतिबद्दता जाहेर गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।