प्रेमनारायण आचार्य
धारापानी, अर्घाखाँची २८ असोज । अर्घाखाँची जिल्लाको धारापानीमा रहेका हेमराजका परिवार तथा आफन्तले सरकारको वेवास्ता र पहुच नपुगेको कारण आफुहरु अन्यायमा परेको बताएका छन । आरुसी हत्याको आरोप लगाईएका हेमराजलाई न्याय को माग गरिरहेका छन । हत्याको मुख्य आरोपीलाइ जेल सजाय सुनाएकोमा आत्म सन्तुष्टी ठानेका आफन्तहरु उच्च अदालतले गरेको फैसला पुर्वाग्रही भएको आरोप लगाएका छन । ।
तस्बीरमा मृतक हेमराजको अर्घाखाँची स्थीत धारापानी गाविस वाड न. १ साना औवलमा रहेको घरमा हेमराजकि श्रीमती । तस्बीर: प्रेमनारायण आचार्य
भारतीय मानिस नेपालमा मर्दा सरकारले राहत दिन्छ । हत्याको छानविन गर्न सरकार लागि पर्छ भारतमा हत्या हुदा समेत न्याय र राहत नदिने यो के चलन हो हेमराजका साला अशोक भुसालले भने खै कहा छन नेपालका मानव अधिकारकर्मि खै मिडीया । रोजगारीको लागि गएको समय साहुद्धारानै हत्या हुदा समेत राहत तथा न्यायको लागि पहल नगर्ने कस्तो निति हो भारत सरकारको उनले दुखेसो पोखे । आफ्नो दिदिलाई परेको पिडामा नेपाल सरकार, भारतीय राजदुत कसैले पहल नगरेको उनको गुनासो छ ।
चर्चित आरुषि हेमराज हत्याकांड को बिहिबार इलाहाबाद हाई कोर्ट ले राजेश और नूपुर तलवार दोषी नभएको ठहर गरेको छ । हाई कोर्ट को फैसलामा भनिएको छ आरुषि को ममी र पापा ने नहीं मारा । हाई कोर्टले तलवार दंपती को तुरंत जेल बाट रिहा गर्ने आदेश दिएको छ ।
परिवार पाल्न भारत गएको मानिस मारिनु र जेल परेका मानिस निकाल्न भनि अदालतले गरेको फैसला प्रति लाग्नुले उनको परिवार तथा आफन्तले चिन्ता ब्यक्त गरेका छन ।
सन २००८ मे १५ मा भारतको नोयडा स्थीत एक अपार्टमेन्टमा १४ बर्षिय आरुसी तलवारलाइ मारि आफु मरेको आरोप लगाइ अनुसन्धान भैरहेका ेथियो । आरुसीलाइ उनका बुबा आमाले मारेको र उक्त घटनाक्रम लुकाउन नक्कली प्रहरी रिपोर्ट गराइएको पुष्टी भएको थियो ।
गाजीयाबादको सीबीआइ बिशेष अदालतले २०१३ मा सुनाएको फैसालामा प्राप्त प्रमाण र बयानका आधारमा आरुसी र हेमराज हत्या काण्डमा डा. तलबार र उनकी पत्नीको प्रत्यक्ष संलग्नता रहेको उल्लेख थियो । बिशेष अदालतका न्याधीस श्यामलालले सुनाएको फैसाला पछि तलवार दम्पत्तीलाइ प्रहरी हिरासतमा लिएर जेलमा राखिएको थियो ।
हेमराजको शब सेक्टर २५ स्थीत त्यहि घरको छतमा दुइ दिन पछि भेटिएकाले थप रहस्य बढेको थियो । ४५ बर्षिय नेपाली कामदार हेमराज संगै भएको हत्याकाण्डका कारण यसलाइ हेमराज आरुसी प्रकरणका रुपमा चिनिन्छ ।