पहिलो प्रकासित मिती: २९ असोज २०७४
प्रेमनारायण आचार्य / प्रेम खड्का
काठमाडौं । नेपाल तरुण दल अर्घाखाँची काठमांडौ सम्पर्क मञ्चको आज गठन गरिएको छ । अर्घाखाँचीवाट काठमाण्डौमा गइ अध्यन तथा रोजगारी गरि रहेका युवाहरुको भेलाले आज समितिको गठन गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता ढुण्डीराज शास्त्री, तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुंग, रेवती प्रसाद भुसाल, डा. रामबहादुर विसी, जिल्ला सभापति बिष्णु मुस्कान, बरिष्ठ नेता तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, जिल्ला उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य केसव श्रेष्ठ, महिला संघकी केन्द्रिय सदस्य निर्मला क्षेत्री, नेविसंघ केन्द्रिय सदस्य टंक पाण्डे लगातले मन्तब्य राख्नु भएको थियो ।
भेलाले अर्जुन पोख्रेलको अध्यक्षतामा अर्घाखाँची सम्पर्क मञ्चको गठन गरेको छ । जस्को बरिष्ठ उपाध्यक्षमा विपिन अनुरागी, उपाध्यक्ष दामोदर पोख्रेल, सचिव श्रीराम वेल्वासे, र कोषाध्यक्ष सुरज श्रेष्ठ रहेका छन । जस्को सदस्यहरुमा लेखनाथ पौडेल, ठाकुर प्रसाद आचार्य, लक्ष्मण पोख्रेल, सरोज भटराइ, नविन पोख्रेल, डा. रमेश आचार्य, र सावित्रा बेलवासे रहेका छन ।
कार्यक्रम तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता, महाधिबेसन प्रतिनिधि कपिल पोख्रेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।