सामुदायिक रेडियो अर्घाखाँचीमा १४ बर्षे चुंदाली बन्नुभयो एक दिने रेडियोकर्मी


गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची असौज-३० ।  अर्घाखाँची जिल्लाको सामुदायिक रेडियो अर्घाखाँची एफ. एम.१०५.८ मेघाहर्जमा भुमिकास्थान नगरपालिका-२ ढाकावाङ्ग कि एक किशोरी आज एक दिनको लागि नयाँ भूमिकामा देखिनुभएको छ । 
अक्टोबर ११ अर्थात असोज २५ गते आज विश्व बालिका दिवसका अवसरमा अर्घाखाँचीको सामुदायिक रेडियो अर्घाखाँची एफ.एम.मा ढाकावाङ्ग कि किशोरी सदिक्षा चुंंदाली रेडियोकर्मीको भूमिकामा देखिनुभएको हो । यसअघि कहिल्यै रेडियोमा काम नगरेकी चुंंदाली एक दिन रेडियोकर्मीका हैसियतले टेक ओभर कार्यक्रम अन्र्तगत नयाँ भूमिकामा देखिनुभएको हो । 
सामुदायिक रेडियो प्रशारक संघ अकोराब नेपाल र अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा ‘म बालिका भएकाले’ भन्ने नाराका साथ छैठौं अन्तराष्ट्रिय बालिका दिवस अर्घाखाँचीको सामुदायिक रेडियो अर्घाखाँची एफ.एम.ले पनि बहसमूलक रेडियो कार्यक्रम टेक ओभर संचालन गरि मनाएको छ । 
बहसमूलक रेडियो कार्यक्रममा एन प्याब्सन अर्घाखाँचीका जिल्ला अध्यक्ष तथा सन्धिखर्क ग्रिन इङ्गिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल टेक बहादुर थापा, सन्धिखर्क नगरपालिका ८ का वार्ड अध्यक्ष इश्वरी प्रसाद भुसाल र अन्तर पार्टी महिला संजाल अर्घाखाँची अध्यक्ष शुसिला गैरेलाई रेडियोमै निम्त्याएर किशोरीहरुका सवालमा छलफल गरिएको हो । छलफलमा भाग लिदैं उहांहरुले युगले धेरै फड्को मारेपनि नेपाली समाजभित्र थुप्रै कुरीति र कुसंस्कृति रेहेको भन्दै तिनको निराकरण गर्न सकेमात्रै लैगिक समानता, किशोरीको अधिकार र समावेशीता लागु हुने बताउनुभएको छ । 
उहाँहरुले समाजका हरेक क्षेत्रमा बालमैत्री बाताबरण निर्माण गर्दै महिला सहभागिता बढाउन सकेमात्र मुलुकमा दिगो विकास र समृद्धि हुने जिकिर गर्नुभयो । कार्यक्रममा भुमिकास्थान नगरपालिका-२ ढाकावाङ्ग कि १४ वर्षिया किशोरी सदिक्षा चुंदालीले कार्यक्रम प्रस्तोताको भुमिका निर्बाह गर्नुभएको थियो ।

अन्य समाचारहरु