पाणिनीको खिदीम फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने

प्रेमनारायण आचार्य
पाणिनी, अर्घाखाँची ३० असोज । अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर ३ खिदीम आउदो फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने भएको छ । 
   स्थानीय तहको निर्बाचन सम्पन्न भएपछि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गर्न आज भएको भेलाले खिदीमलाइ आउदो फागुन मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरी सरसफाइमा नमुना वार्डको रुपमा घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको हो । 
कार्यक्रममा पुर्ण सरसफाइका सुचक र सरसफाइका फाइदाको वारेमा लुम्विनी समाजिक विकास केन्द्रका वास अफिसर प्रेम आचार्यले सहजीकरण गर्नु भएको थियो । 
  भेलाले वडा अध्यक्ष देवी वहादुर क्षेत्रीको अध्यक्षतामा २७ सदस्यीय वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको घोषणा गरेको छ । जस्को सदस्य सचिवमा वडा सचिव टेकराज श्रेष्ठ र सदस्यहरुमा प्रकास भुसाल, कुलवहादुर गाहा, राधा पराजुली, सिता विक, सुर्य केसी, विष्णु अर्याल, युवराज ज्ञवाली, देवी प्रसाद भुसाल, इन्द्र वहादुर रेस्मी र तिलक रायमाझि रहेका छन । 
त्यसै गरि सदस्यहरुमा अस्मिता पन्त, रामजी आत्रेय, जनक गौतम, मुक्तिनाथ ज्ञवाली, मेघ वहादुर दर्लामी, केसर गौतम, रिता सारु, कविराज बन्जाडे, उपेन्द्र वहादुर केसी, हरि भुसाल, रन वहादुर सुनार, शान्तराज गौतम, गंगा प्रसाद भुसाल, निलकण्ठ गौतम र विष्णु भुसाल रहेका छन । 
वडा अध्यक्ष देवी वहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका  सभापति विष्णु अर्याल,एमालेका अध्यक्ष सुर्य केसी, माओवादी केन्द्रका युवराज ज्ञवाली, राष्ट्रिय जनमोर्चाका देवी प्रसाद भुसाल, नेकपा मालेका इन्द्र वहादुर रेस्मी लगायतले मन्तव्य राख्दै सरसफाइ सवैको साझा विषय भएकोले सरसफाइका सुचकहरु पुरा गर्न सबै लाग्नु पर्ने बताएका थिए । 
पाणिनि गाँउपालिकाका १,३,४र ५ वडामा फण्डबोर्डको आर्थिक सहयोगमा लुम्विनी सामाजिक विकास केन्द्रले पुर्ण सरसफाइ कार्यक्रमको सहजीकरण गरिरहेको छ । 

अन्य समाचारहरु