अर्घाखाँचीमा वाम गठबन्धन भएर पनि पौडेल उम्मेदवार भए कांग्रेसले सजिलै क्षेत्र नम्बर २ जित्ने अनुमान

नेता इन्द्रमणि पौडेल ।
अर्घाखाँचीडटकम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ३१ असोज । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्वर २ मा वाम गठबन्धन भएपनि जनता सामु लोकप्रिय इन्द्रमणि पौडेलले टिकट पाएमा नेपाली कांग्रेसले सजिलै जित्ने सम्भावना वलियो बनेको छ ।
राजनिति संगै गैर सरकारी सस्था सञ्चालन गरेर अर्घाखाँचीका ४२ वटै गाविसका जनता संग प्रत्यक्ष सरोकार राखेका पौडेल गरिबी निवारण,  महिला, दलित, जनजाती र अपांगको उत्थानमा काम गरिरहेका छन ।
विगत डेढ दशक देखि अर्घाखाँचीमा विभिन्न सामाजिक सघंसंस्था मार्फत जिल्लाको बिकास निर्माणमा निरन्तर योगदान दिदै आउनु भएको छ ।  
नेपाली कांग्रेसबाट क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधीमा सवैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएका युवानेता इन्द्रमणि पौडेल आएमा गठबन्धनका बीचँमा पनी कांग्रेसले  चुनाव जित्ने विष्लेषण गरिएको छ ।  युवा नेता पौडेल जनताको माझमा लोकप्रीय छन ।
 उहाँले सयौ युवाहरुलाई पनी रोजगार दिनुभएको छ, पौडेल आएमा चुनाव जित्न सकीने धेरै कांग्रेसका नेता तथा कार्यकर्ताको अनुमान छ, गठबन्धनको विचँमा पौडेल नै आउँनुपर्ने भन्दै वडा सभापतीहरुले सिफारिस गरेका थिए ।
जिल्लाका ग्रामीण क्षेत्रका महिला, दलित, अपांग र अल्पसंख्यक समुदायहरु संग प्रत्यक्ष संल्ग्न भएर उनीहरुको हक, हित र विकासमा काम गरिरहेका छन । सबै संग समन्वय र सहकार्य गरेर गरिबी उन्मुलन, दिगो विकास र वानी व्यवहार परिवर्तनका कामहरु गरेका छन ।
पौडेल टिकटका लागी विभिन्न नेताहरुको घरमा धाईरहेका छन । क्षेत्र नम्बर २ का विभिन्न युवा, अधवैशे देखी वृद्धवृद्धाहरुले अर्घाखाँची डटकम सँगको प्रतिक्रियामा भने इन्द्रमणी पौडेल आएमा लोकप्रीय बढ्दो बेरोजगारीमा सयौ युवाहरुलाई रोजगार दिनुभएको छ, एकपटक कांग्रेसले इन्द्रमणि पौडेललाई भोट दिने इच्छा छ, जलुकेका एक वृद्धाले भने । 

अन्य समाचारहरु