प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । तिहारको बेला जथाभावी पटका बिक्री गर्ने र पड्काउने चार जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।
प्रहरीले विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाऊनेमा सकुलदिन मिया सन्धिखर्क नगरपालिका – १, अन्ताप मिया सन्धिखर्क, सञ्जय कुमार पटवार कृष्ण नगरपालिका, सुरेन्द्र कुमार मिश्र कृष्ण नगरपालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले पटका बिक्री बितरणमा संलग्न ति ४ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाएको हो ।
तिहारको बेला जथाभावी पटका पड्काउने पटका बेचबिखन गर्ने जो कोहिलाई नछोडिने र त्यस्ता ब्यक्तिहरुलाई सार्वजनिक मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक एकनारायण कोईरालाले बताउनु भयो ।
प्रहरीले यस्ता खालका गतिविधिमा नलाग्न पटका बेचबिखन नगर्न जुवा तास नखेल्न भन्दै पटक पटक सार्वजनिक सुचना जारी गरिरहेको प्रहरी नायब उपरीक्षक कोईरालाले बताउनु भयो ।
प्रहरीको आँखा छली व्यापारिक परियोजनाका पटका ल्याएर बिक्रीवितरण गर्नेलाई विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउने कोईरालाले बताउनु भयो ।
साथै पटकाहरु पट्काउँदा आगलागी भई ठूलो धनजनको क्षति पुग्ने भएकाले पटकाहरु बिक्री बितरण तथा नपट्काउन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सबैमा अनुरोध गरेको छ ।
तिहारलाई लक्षित गरी जिल्ला भित्रिने नाकामा प्रहरीले कडाइ गरेको छ ।