गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची कात्तिक १ गते । प्रहरी प्रशासनले सन्धिखर्क बजारका सडकहरुमा आवजजावत सजह बनाउदै गईरहेको छ । सन्धिखर्कका व्यापारीहरुले सडक नै कव्जा गरि निर्माण साम्रगी तथा सामानहरु राखीएको स्थानमा जिल्ला प्रशासन र जिल्ला प्रहरीले खाली गराउन थालेपछि सडक सहज बन्दै गएका हुन् ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले आफनो प्रत्यक्ष सहभागितामा नै अनुगमन र सडक खाली गराउन थालेपछि जिल्लावासीले राहतको महशुस गर्न थालेका हुन् । अनुगमनको क्रममा पहिलो पटक आफै व्यापारीलाई साम्रगीहरु पसल भित्र व्यवस्थीत गर्न लगाईएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए । द्रोसो पटक भएमा व्यापारीलाई नसोधी उठाएर ल्याउने गरि व्यापारीलाई कागज गराईएको उनले बताए ।
सामान जथाभावि रुपमा सडकमा राख्दा दुर्घटना हुने भएकाले साम्रगीहरु हटाईएको प्रहरी नायव उपरिक्षक कोईरालाले जानकारी दिए । पछिल्लो समयमा अनुगमनलाई तिव्रता दिईए संगै सन्धिखर्कमा धेरै सुधार भएको जिल्लावासीहरुको भनाई रहेको छ । बुधबार सन्धिखर्कका विभिन्न स्थानमा अनुगमन गदै सडकमा जथाभावी रुपमा राखीएका साम्रगी हटाईएको जनाईएको छ । साथै म्याद गुज्रिएको सामान जफत गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानाकारी दिए ।
चाडवाडको समयमा मौसमी अनुगमन हुने गरेको अर्घाखाँचीमा पछिल्लो समय नियमित रुपमा हुने गरेको छ ।