छत्रदेव गाउँपालिकाको अर्घातोषमा संस्कृति जोगाउन युवाहरु परम्परागत रुपमा भैलो खेल्दै

मधुसुधन पाण्डे
छत्रदेव, अर्घाखाँची कार्तिक ३ गते ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा पुरानो संस्कृति जोगाउन युवाहरु सक्रिय भएका छन्। 
छत्रदेव गाउँपालिकाको वार्ड  न ८ मा पर्ने अर्घातोष युवा क्लबले पुरानो संस्कृति हराउन लागेको भन्दै भैलो कार्यक्रमलाई परम्परागत रुपमा अगाडि बढाएका छ।
क्लबका सदस्य सन्तोष विकले जानकारी दिए अनुसार पुरानो तरिकाले भैलो खेलि परम्परालाई जोगाउन आफुहरु पुरानो तरिकाले भैलो कार्यक्रम सञ्चालन गरेको बताए । 
अधिकास युवाहरु पुराना भेषभुसामा सजिएका थिए भने गितहरु पनि मौलिक खालका नै थिए ।  अर्घातोष युवा क्लवले गरेको यो कार्य सबैका लागि प्रेरणाको स्रोत बन्ने बिकले जानकारी दिए । 

अन्य समाचारहरु