अर्घा बेल्टारीका किसानहरु तिहार लगतै खेतमा धान बाली भित्र्याउन ब्यस्त (तस्बिर सहित)

युवराज थापा 
बेल्टारी, अर्घाखाँची (अर्घाखाँची डट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड् न १० अर्घा बेल्टारीको बगर खेतमा तिहारको भाइटिकाको पछिल्लो दिनबाट नै स्थानीय वासी किसानहरु धान बाली भित्र्याउन खेतमा ब्यस्त भएका छन् । 
सन्धिखर्क नगरपालिका वार्ड न – १० को अर्घा बेल्टारिको बगर फाटमा धान बाली उठाउदै गर्दा अर्घाखाँचीडट्कमसँगको सानो भेटमा उहाका किसानहरुसँग कुराकानी गर्दा  तिहारको रम्झम र रमाइलो अझै सकिएको छैन यो धानबाली हामीहरु बर्ष दिन भरी बसेर खाने खेती हो धान बाली भित्र्याउन ब्यस्तताको कारण तिहारमा आउने भैलो खेलपनि राम्रोसँग हेर्न पाएका छैनौ । 
बेल्टारीवासी किसानहरु धानबाली भित्र्याउनको लागि  दिनभर खेतमा ब्यस्त भयेको कारण घरमा नाच्न आउने भैलोहरु पनि घरमा स्थानीय वासिहर नभएको कारण फर्केर जाने गरको स्थानीय किसान मक्त बहादुर थापा बताउनुहुन्छ । 

अन्य समाचारहरु