बेपत्ता चन्द्रमान श्रेष्ठ । तस्बिर: फेसबूकबाट
अर्घाखाँची डट्कम संवाददाता
चितवन (अर्घाखाँची डट्कम)। गत विहिबार नारायणी नदीले बगाएर बेपत्ता अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का दुई दाजुभाइ मध्येका भाई राजकुमार श्रेष्ठको शब फेला परेपनि दाई चन्द्रमान श्रेष्ठको शब आईताबार राती सम्म फेला परेको छैन ।
दाई चन्द्रमान श्रेष्ठको बेपत्ता भएको चार दिन हुँदासम्म पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । चन्द्रमानको खोजी कार्य जारी रहेको छ ।
यस अघि भाई राजकुमार श्रेष्ठको शब देबघाट देखी ४० किलोमिटर तल बेल्घारी भन्ने ठाउँमा बग्दै गरेको अबस्थामा स्थानिय बेल्घारी प्रहरीचौकी स्थानिय प्रहरी र शसत्र प्रहरी सबैको पहलमा फेला परेको थियो ।
तनहुँको देबघाट गाउँपालिका-५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँ देवघाटमा बाबुको श्राद्ध (वार्षिक पुण्यतिथि) का लागि नुहाउने क्रममा गत विहिबार दिउँसो १ बजे सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का ३८ वर्षीय चन्द्र श्रेष्ठ र २८ वर्षीय भाई राजकुमार श्रेष्ठ नदीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये चन्द्रमान श्रेष्ठ अर्घाखाँचीडट्कम प्रिन्ट संस्करणका डिजाइनर तथा प्रतिनिधि हुन्। यस्तै चन्द्रमानले सन्धिखर्कमा होटल र लवकुश इम्मोरियम कपडा पसल सञ्चालन गरेका थिए । केही महिनादेखि धरानमा व्यवसाय गर्दै आएका थिए । राजकुमार श्रेष्ठ हाल रुपन्देहीको बुटवल उप-महानगरपालिका-१५ मा लबकुश होटेल लगायत व्यवसाय गर्दै आएका थिए ।
एकै परिबारका चार दाजुभाइ सरात गर्न भनी देबघाट गएका थिए । उनीहरू गत विहिबार दिउँसो १ बजे धार्मिक मान्यता अनुसार श्रद्धाको काम पूरा गरेपछि शुद्ध हुन नुहाउन पूर्व देवघाटतर्फको नदीमा पसेपछि दाजुभाइ नै बेपत्ता भएका थिए । सँगै गएका अन्य २ दाजुभाईहरु भने शकुशल रहेका थिए ।
बेपत्ता चन्द्र श्रेष्ठ र भाई राजकुमार श्रेष्ठ (दाँया) । तस्बिर: फेसबूकबाट