प्रेमनारायण आचार्य
अर्घाखाँची ७ कात्तिक । अर्घाखाँचीको इतिहासमा पहिलो पटक सन्धिखर्कमा कमल सौराग एकल साँझ हुने भएको छ ।
अर्घाखाँचीका लोक सस्कृतिको जर्गेना, पर्यटन प्रबद्र्धन एबं पिछिडिएका वर्गहरुको सहयोगार्थ लाली गुरास महिला विकास वचत तथा ऋण सहकारी सस्था र आकार नृत्य तथा म्युजिक सेन्टरको आयोजनामा आउदो कात्तिक १३ गते सोमवार कमल सौराग एकल साँझ हुन थालेको हो ।
सन्धिखर्क नगरपालिकाको वाड नम्वर ८ किमडाडामा जन्मिएका लोक तथा दोहोरी गायक कमल सौरागले घुम्टि नरपानी, हाम्रो अर्घाखाँची, भिजायो पछौरी, दैला मुनी जौ लगायतका दर्जनौ गितहरु गाएर राष्ट्रिय ख्याती कमाएका छन ।
एकल साझमा अर्घाखाँचीलाइ चिनाउने लोपोन्मुख लाखे नाच, भैराम नाच, सराये नाच, सोरोठी, भजन, लगायतका जिल्लाका सस्कृति समेत प्रस्तुत गरिने आयोजक लाली गुरास महिला विकास वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष जानका बन्जाडेले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय कलाकार जीवन परियार, विमा कुमारी दुरा, अर्घाखाँची जन्म घर भएका मधुसुदन बन्जाडे, जलजला परियार, जीवन परियार, सम्झना लामिछाने मगर, कल्पना श्रीपाल, मैना रेस्मी मगर, गौरव गिरी, कृष्ण सापकोटा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन । राष्ट्रिय कलाकार संगै स्थानीय कलाकारहरुको गित तथा नृत्य समेत प्रस्तुत गरिने आयोजक आकार कला सेन्टरका निर्देशक मदन नेपालीले बताउनु भयो ।
अर्घाखाँचीका कलाकार कमल सौरागको सम्मानमा एकल साझको आयोजना गरिएको र कार्यक्रममा जिल्लाका सबै कलाकारहरुको सहभागिता रहि जिल्लामा पर्यटन विकास कसरि गर्न सकिन्छ भन्ने मुख्य उदेश्यले एकल साझको आयोजना गरिएको राष्ट्रिय गायक मधुसुदन बन्जाडेले बताउनु भएको छ ।