अर्घाखाँचीमा म्यादी प्रहरीको नतिजा सार्वजनिक, ८५३ जना उतिर्ण (उतिर्ण हुनेको नामावली सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को लागि अर्घाखाँची जिल्लामा म्यादी प्रहरी भर्ना तथा छनौटका लागि दरखास्त दिएका उम्मेदवारहरुको नतिजा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ । 
शारिरीक तन्दुरुस्ती, स्वास्थ्य परिक्षा, लिखित र अन्तरवार्तामा उतिर्ण भएका उम्मेदवारहरुको परिक्षाफल सार्वजनिक गरेको हो । म्यादी प्रहरीमा ८५३ जना उतिर्ण भएका छन् । 
लिखित परिक्षाको नतिजा प्रकाशन भएपछि मौखिक परिक्षा गराइएको हो । मौखिक परीक्षामा १०६३ जना सहभागी भएका थिए ।
म्यादी प्रहरीको लागि १५८८जनाले आवेदन दिएका दिएका मध्ये सन्धिखर्कको टुँडिखेलमा सम्पन्न लिखित परिक्षामा १०६३ जना सहभागी भएका थिए । जसमा महिला २४५ पुरुष ८१८ रहेका थिए । अन्य ५२५ शारिरिक जाच तथा दौडमा फालिएका थिए । यस्तै हिजो म्यादी परिक्षामा मर्यादा बिपरित कार्य गर्ने एक परिक्षार्थी निस्कासित भएको प्रहरीले जनाएको थिए ।
 
सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।
यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।
उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ । 
उतिर्ण हुनेको नामावली यस प्रकार छ: 

अन्य समाचारहरु