हरि कुँवर
कुजेरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकाको बागीमा क्यानसर पीडित र महिला समूहलाई धनिया र प्याजको बीउ वितरण गरिएको छ ।
लाइट नेपाल मिडियाले मालारानी गाउँपालीका वार्ड न.५ बागीको कुजेरीमा क्यानसर पीडित राकेश थापा र भणडार साविक – ८ र ९ को दुई वटा समूहलाई धनिया र प्याजको बीउ वितरण गरेको हो ।
बीउ पाउनेमा प्रगतिशिल महिला समूहका ३८ जना सदस्य र न्यु लक्ष्य कृषि समूह जसमा २५ जना सदस्य गरि जम्मा ६३ जना सदस्यहरु रहेका थिए ।
हरि कुँवर, पदम कुँवर ,बिष्णु कुँवर र राजकुमार शाहको सहयोगमा धनिया र प्याजको बीउ वितरण गरिएको थियो ।