अर्घाखाँचीमा कांग्रेस, वाम गठबन्धन एमाले – माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवार यस्ता छन् (पुरा विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्बाचनको लागि प्रदेश नम्बर ५ को पहाडी जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेस, वाम गठबन्धनका नेकपा एमाले – माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आ-आफ्ना उम्मेदवार खडा गरेका छन् । 
जिल्लामा नेपाली कांग्रेस,  नेकपा एमाले – माओवादी केन्द्र गठबन्धन र राष्ट्रिय जनमोर्चाले निम्न उम्मेदवार खडा गरेका छन्:- 
नेपाली कांग्रेस:-

डा. रामबहादुर बिसी
प्रतिनिधि सभा
बिष्णु मुस्कान
प्रदेश सभा क्षेत्र नं. १
हिम्मत टण्डन
प्रदेश सभा क्षेत्र नं. २
एमाले – माओवादी केन्द्र गठबन्धन
टाेपबहादुर रायमाझी (माआेवादी केन्द्र)
प्रतिनिधि सभा
चेतनारायण आचार्य ( नेकपा एमाले)
प्रदेश सभा क्षेत्र नं. १
रामजीप्रसाद घिमिरे ( नेकपा एमाले)
प्रदेश सभा क्षेत्र नं. २
राष्ट्रिय जनमोर्चा 

शेर बहादुर बिसी
प्रतिनिधि सभा
सागर के.सी.
प्रदेश सभा क्षेत्र नं. १
झबिलाल थापा
प्रदेश सभा क्षेत्र नं. २
अर्घाखाँचीमा निर्वाचन कार्यतालिका सार्वजनिक
मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
 
जसअनुसार आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, १७ गते उम्मेदवारको विरोधमा उजुरी, १८ गते उजुरीउपर जाँच र उम्मेदवारको नामावली प्रकाशन, १९ गते नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँचीमा दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । 

मतदाता संख्या १,३८,३२७ जना
अर्घाखाँची जिल्लामा  प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २७ जनाले मतदान गर्न पाउँने भएका  छन् ।  एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने  छन् । 
प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका  छन् ।  प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् । जिल्लामा स्थानिय तहको निर्वाचन पछि मतदाता बाहृ हजार नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
जिल्लामा निर्वाचन क्षेत्र निर्धारण 
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:- 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका 

अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका  १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका

अन्य समाचारहरु