भगवतीमा उषा किरण कृषि सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न (तस्बिर सहित)

शाेभाखर
भगवती, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवती स्थित उषा किरण कृषि सहकारी संस्था लि. भगवतीको अाज शनिवार प्रथम साधारणसभा  कार्यक्रमका साथ सम्पन्न भएको छ। 
२०७३/१०/२० गते विधिवत दर्ता भएर सञ्चालनमा अाएकाे उक्त सहकारी एक वर्ष नवित्दै कृषककाे मन जित्दै १७५ जना शेयर सदस्य वनाउन सफल भयाे र जस्काे कुल पुजि ८७५000/- रहेकाे छ। जसमा प्रधानमन्त्री कृषि अाधुनिकिकरण तरकारी पकेट कार्यक्रम पनि संचालनमा ल्याउन सफल भयाे ।
साथै अब तत्काल नै सहकारी सुफत पसल सञ्चालन मा ल्याउने तयारी समेत गरेकाे संस्था का उपाध्यक्ष शाेभाखर पाण्डेय वताउनुभयाे ।  हामी याे सहकारी लाई शुद्ध कृषकलाई सुविधाका लागि संचालन गरियकाे र सुविधा उपलब्ध गराउने जानकारी दिनुभयाे । 
यस साधारणसभामा प्रमुख अतिथि छत्रदेव गाउपालिका वडा नं ७ का वार्ड अध्यक्ष शाेभाखर पाण्डे अतिथिमा जनपि्रय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद पाण्डे तथा शुभप्रभात कृषि सहकारीका अध्यक्ष वावुराम पाण्डे लगायतको अातित्यमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष जङ्ग वहादुर परियारकाे अध्यक्षतामा सञ्चालन भएको थियाे । 
कार्यक्रममा वार्ड अध्यक्षले याे सहकारीलाई छत्रदेव गाउपालिका वार्ड ७ का सबै घरधुरीलाई शेयर सदस्य वनाई कृषिलाई व्यवसायी तरिकाले अगाडि वढाउन सक्षमा हुनेछ भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियाे । 
संस्थाले गरेकाे अायव्य लेखा समिति संयाेजक लक्ष्मीप्रसाद पाण्डेले गर्नुभएको र लक्ष्मि पाण्डेवाट स्वागत मन्तव्यवाट सञ्चालन भएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष शाेभाखर पाण्डेले सञ्चालन गर्नुभएको थियाे ।

अन्य समाचारहरु