छापडाँडा, रोकाटोला, वाङला लगायत । फाइल तस्बिर
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. ३ रोकाहटोलामा एक विवाहित युवतीले झुन्डिएर अात्माहत्या गरेकी छिन् ।
रोकाहटोला छापडाँडाका मोतिलाल गिरिकी १८ वर्षिया श्रीमती कमला गिरीले आज आईतबार बिहान ५ बजे आफ्नै घरको माथिल्लो तल्लामा झुन्डिएर अात्माहत्या गरेकी हुन् ।
खाँची मैदान माईत गरेकी कमलाको १० महिना अगाडि मात्र विबाह भएको थियो । तिहारमा भाईटिका लगाउन गएकी कमलाले घर फर्केको तेस्रो दिन श्रीमानसँग भारत जाने योजना बनाई रहेको बेला अात्माहत्या गरेकी हुन् ।
आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । पोष्टमार्टमको लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ ।
पछिल्लो समय अर्घाखाँची जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको छ ।