अर्घाखाँचीमा वाम गठबन्धन धरापमा, पर्सी टोप बहादुर रायमाझीको विरुद्ध माओवादीका केन्द्रिय सचिवालय सदस्यले बागी उम्मेदवार दिने


गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची कात्तिक १४, २०७४ । आफनै सहकर्मी तथा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टोप बहादुर रायमाझी विरुद्ध केन्द्रिय सचिवालय सदस्य चन्द्र बहादुर खड्का  (उज्वल) ले प्रतिनिधी सभामा उम्मेदवारी दिने बताउनुभयो । 
खड्काले आफु माथी स्थायी रुपमा रायमाझीले अन्याय गरेकाले रायमाझीको विरुद्ध उम्मेदवारी दिन लागेको बताउनुभयो । खड्काले फेसबुक पेजमा समेत आफ्नो धारणा सार्वजनिक गर्दै १६ गते आफूले मनोनयन दर्ता गर्ने स्टाटस लेख्नुभएको छ । उहाँलाई सयौले फेसवुकमा सहयोग गर्ने र अन्याय भएको भन्दै हौसाएका छन् । उहाँले बामगठन्धनका विरुद्ध भने उम्मेदवारी नभएको स्पष्ट पार्नुभएको छ । 
झण्डै १० वर्ष  अर्घाखाँचीमै बसेर नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जको रुपमा काम गरेका खड्का अर्घाखाँचीमा प्रभावशाली नेताका रुपमा रहनु भएको छ । २०४४ साल देखी राजनिती गदै आउनु भएको छ । शिक्षक र भेटनरी प्रावधिकको स्थायी जागिर छोडेर राजनितीमा लाग्नु भएको हो । ५१ सालको बागीको गाविसको उपाध्यक्ष बाहेक सार्वजनिक पद हाल सम्म लिनु भएको छैन् ।
प्रदेशसभाका लागि अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रले निर्विरोध रुपमा खड्काको मात्र नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको थियो । वर्षौ देखी स्थायी रुपमा रायमाझी आफु माथी अन्याय गरेकाले यसपटक न्यायको लागी उम्मेदवार दिएको खड्काले जानाकारी दिनुभयो । 
माओवादीको संगठन नै धरापमा पर्ने गरी प्रदेससभाका लागि दुईवटै क्षेत्र एमालेलाई दिनेगरी रायमाझीले निर्णय गरेपछि उहाले उम्मेदवारी दिने बताउनु भएको हो । माओवादीको जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, पोलिट्ब्युरो सदस्य हुँदै उहाँ अहिले केन्द्रीय सचिवालय सदस्य पदमा हुनुहुन्छ । 
वाम गठबन्धनले प्रतिनिधिसभाका लागि माओवादीका टोपबहादुर रायमाझी र प्रदेसशभाका लागि क मा एमालेका चेतनारायण आचार्य र ख मा एमालेकै रामजीप्रसाद घिमिरेलाई उठाउने निर्णय गरेको छ । खड्काको उम्मेदवारीले बाम गठबन्धन भएपनि प्रतिनिधी सभामा जितको लागी फलामको चिउरा सावित हुने निश्चित छ । क्षेत्र १ मा ५० प्रतिसत पुर्ण प्रभाव पर्ने छ । भने क्षेत्र नम्वर २ मा ३० प्रतिसत प्रभाव पर्ने छ । 

अन्य समाचारहरु