“प्रतिनिधि सभाको लागि १ निर्बाचन क्षेत्र र प्रदेस सभाको लागि २ वटा निर्बाचन क्षेत्र रहेको अर्घाखाँचीमा आज कांग्रेस र एमाले माओवादीको गठबन्धनले बागाजागा र नारवाजी सहित उम्मेद्धारी दर्ता गराएका छन ।
प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसवाट डा.रामबहादुर बिसि, नेकपा माओवादी वाट टोपबहादुर रायमाझि, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर विसी, नँया शक्तिबाट छन्द पन्थी, एकिकृत राप्रपा राष्ट्रवादीवाट भोजराज दवासे, स्वतन्त्रबाट डिल्लीराज भुसालले उम्मेद्धारी दर्ता गराउनु भएको छ ।
प्रदेस सभा क को लागि नेपाली कांग्रेसवाट बिष्णु मुस्कान, एमालेवाट चेतनारायण आचार्य, राष्ट्रिय जनमोर्चाबाट सागर केसी, नँया शक्तिबाट गोकर्ण थापाले उम्मेद्धारी दर्ता गराउनु भएको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ ।
प्रदेस सभा ख को लागि नेपाली कांग्रेसवाट हिम्मत बहादुर टण्डन, एमालेवाट रामजी प्रसाद घिमिरे, राष्ट्रिय जनमोर्चावाट झविलाल थापा , नँया शक्तिबाट मनिष सिंहले उम्मेद्धारी दर्ता गराउनु भएको छ ।”
प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको आम चुनावका लागि आज अर्घाखाँची जिल्लामा हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
अर्घाखाँचीमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको हो । अर्घाखाँचीमा राजनीतिक दल र स्वतन्त्र गरी अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा ८ जनाले उम्मेद्ववारी दर्ता गराएका छन् । यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ मा ७ जना र प्रदेश सभा क्षेत्र नम्बर २ मा ७ जनाले उम्मेद्ववारी दर्ता गराएका छन् ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा डाक्टर राम बहादुर बिसी, प्रदेश सभा क्षेत्र नम्बर १ मा काङ्ग्रेस अर्घाखाँचीका पार्टी सभापति बिस्णु प्रसाद खनाल मुस्कान, प्रदेश सभा क्षेत्र नम्बर २ मा नेता हिम्मत टन्डनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका छन् ।
यस्तै एमाले र माओवादी केन्द्र गठबन्धन अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा टाेपबहादुर रायमाझी (माआेवादी केन्द्र), प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य ( एमाले), प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजीप्रसाद घिमिरे ( एमाले)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका छन् ।
साथै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा शेर बहादुर बिसी, प्रदेश सभा क्षेत्र नम्बर १ मा सागर के.सी., प्रदेश सभा क्षेत्र नम्बर २ मा झबिलाल थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका छन् ।
यस्तै राप्रपा राष्ट्रवादीबाट प्रतिनिधि सभाको निर्वाचनमा भोजराज दमाशे, नयाँ शक्ति नेपालबाट प्रतिनिधि सभाको निर्वाचनमा छन्द पन्थी, विवेकशिल साझा पार्टीबाट प्रतिनिधि सभाको निर्वाचनमा बिष्णु प्रसाद मिश्र, मंगोल नेशनल अर्गानाईजेसन पार्टीबाट बिष्णुकुमार गुरुङ र स्वतन्त्रबाट प्रतिनिधि सभाको निर्वाचनका लागि डिल्लीराज भुसालले उम्मेद्ववारी दर्ता गराएका छन् ।
यसका साथै राप्रपाबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा दिपक कुवर र २ बाट अम्मर बहादुर थापा, नेकपा माले बाट प्रदेश सभा क्षेत्र नम्बर २ को लागी बिना सुनार, विवेकशिल साझा पार्टीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा हरिप्रसाद भुसाल, नयाँ शक्ति नेपालबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा गोकर्ण थापा – क्षेत्र नम्बर २ मा मनिष सिंह र स्वतन्त्रबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा रोमाहर्ष खनालले उम्मेद्ववारी दर्ता गराएका छन् ।
अर्घाखाँचीमा माओवादी केन्द्रका असन्तुष्ट केन्द्रिय सचिवालय सदस्य चन्द्र बहादुर खड्का (उज्वल) ले प्रतिनिधी सभामा बागी उम्मेदवारी दिने घोषणा गरेता पनि अन्तत दिएनन् ।
उम्मेद्ववारी दर्ताका लागि सबै राजनीतिक दलहरुका हजारौं जनसमर्थकहरुको बाजागाजा सहित उपस्थित रहेको थियो ।
अर्घाखाँचीमा मनोनयन दर्ताको लागि बिहान १० बजेदेखि ५ बजेसम्म समय दिईएको थियो ।
मनोनयन दर्ता गर्ने राजनीतिक दलहरुको विवरण यस प्रकार छ:-
प्रतिनिधि सभा
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३) सेर बहादुर भट्टराई बि. सी ( राष्ट्रिय जनमोर्चा )
(४)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(५) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(६) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(७) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(८) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) सागर के. सी ( राष्ट्रिय जनमोर्चा )
(४) दिपक कुँवर ( राष्ट्रिय प्रजातन्त्र पार्टी )
(५) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(६) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
(७) रोमाहर्ष खनाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर-२
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) झबिलाल थापा ( राष्ट्रिय जनमोर्चा )
(४) अम्मर बहादुर थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी )
(५) बिना सुनार (नेकपा माले )
(६) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(७) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )