अर्घाखाँचीमा उत्साहपुर्बक मनोनयन दर्ता सम्पन्न ( सम्पूर्ण विवरण सहित)
कार्तिक १६ गते, २०७४ मा प्रकाशित
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कात्तिक १६ । आगामी मंसीर २१ गते दोस्रो चरणमा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी अर्घाखाँची जिल्लामा बिहिबार उत्साहपुर्बक मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ ।
जस अन्तरगत जिल्ला बाट प्रतिनिधि सभाको लागी एमाले माओवादी केन्द्र गठबन्धनबाट टोप बहादुर रायमाझी,नेपाली काँग्रेसको तर्फबाट डाक्टर रामबहादुर बिसी,राष्ट्रीय जनमोर्चाबाट शेरबहादुर बिसी,नयाँशक्ति पार्टीबाट छन्द पन्थी,राप्रपा राष्ट्रबादी बाट भोजराज दमासे,बिबेकशिल साझा पार्टीबाट बिष्णुप्रसाद मिश्र,मंगोल नेशनल अर्गानाईजेसन पार्टीबाट बिष्णुकुमार गुरुङ र स्वतन्त्र बाट डिल्लीराज भुसालले मनोनयन दर्ता गरेका छन ।
त्यस्तै प्रदेश सभाको लागी क्षेत्र नम्बर १ मा एमाले माओवादी केन्द्र गठबन्धनबाट चेतनारायण आचार्य ( एमाले), प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे ( एमाले) ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा विष्णुप्रसाद खनाल मुस्कान र २ मा हिम्मत टण्डनको मनोनयन दर्ता भएको छ ।
यस्तै राष्ट्रीय जनमोर्चाबाट पनि प्रदेश सभाको लागी क्षेत्र नम्बर १ बाट नेता सागर केसी र २ बाट झबिलाल थापाले मनोनयन दर्ता गराएका हुन ।
यस्तै नेकपा माले बाट प्रदेश सभा क्षेत्र नम्बर २ को लागी बिना सुनारको उमेद्वारी दर्ता भएको छ । नयाँ शक्ति पार्टीले पनी प्रदेश सभाको लागी क्षेत्र नम्बर १ बाट गोकर्ण थापा र २ बाट मनिष सिंहको उमेदवारी दर्ता गराएको छ । राप्रपाको तर्फबाट क्षेत्र नम्बर १ बाट दिपक कुवँर र २ बाट अम्मर बहादुर थापाको उमेदवारी दर्ता भएको छ भने बिबेकशिल साझा पार्टीबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट हरीप्रसाद भुसालको उमेद्वारी दर्ता भएको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट प्रदेश सभा क्षेत्र नम्बर २ को लागी गणेश पौडेल र स्वतन्त्रबाट प्रदेश सभा क्षेत्र नम्बर १ को लागी रोमाहर्स खनालको उमेद्वार दर्ता भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिएका छन ।
उमेद्वारी दर्ताका लागि सयौ जनसमर्थकहरुको बाजाघाजा सहित बाक्लो उपस्थित रहेको थियो ।
मनोनयन दर्ता गर्ने राजनीतिक दलहरुको विवरण यस प्रकार छ:-
प्रतिनिधि सभा
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३) सेर बहादुर भट्टराई बि. सी ( राष्ट्रिय जनमोर्चा )