प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेविसंघकी नेतृ तथा पाणिनी बहुमुखी क्याम्पसकी स्ववियु सचिव ब्रजना खनाल माथी सांघातिक हमला भएको छ ।
सन्धिखर्क नगरपालिका ११ डाडाँकटेरीमा सांघातिक हमला पछि उनी गम्भीर घाइते भएकि छिन । उनको अहिले उपचार भैरहेको छ । घर तर्फ जादै गर्दा स्थानीय कृष्ण नेपालीले सांघातिक हमला गरि कुटपिट गरि घाइते बनाएर गहना, मोबाइल, र पैसा लुटी लगेका छन ।
घटनाको नेपाल विद्याथी संघ जिल्ला कार्य समितिले घोर निन्दा र भत्र्सना गरेको छ ।
जिल्ला उपसभापति सुरज रायमाझिले एक प्रेस विज्ञप्ति सहित घटनाको निन्दा एबं भत्र्सना गर्नु भएको हो ।