अर्घाखाँचीका उम्मेदवारहरू भन्छन अर्घाखाँचीलाई नमुना जिल्ला बनाउछौ

रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीको अायाेजनामा शुक्रबार अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिएका उमेदवारहरूसंग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कात्तिक १७ अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट प्रतिनिधी सभाको लागी मनोनयन दर्ता गरेका उमेद्वारहरुले जिल्लालाई आर्थीक सम्बृद्ध भष्ट्रचारमुक्त र नमुना जिल्लाको रुपमा बिकास गरीने प्रतिवद्धता व्यक्त गरेका छन ।
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सुक्रबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मनतब्य राख्दै उमेदवारहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।
यसरी प्रतिबद्धता ब्यक्त गर्नेहरुमा एमाले माओबादी केन्द्र गठबन्दनका प्रतिनिधी सभाका उम्मेदवार टोपबहादुर रायमाझी,नेपाली कांग्रेसका उमेदवार डाक्टर रामबहादुर विसी, राजमोका उमेदवार शेर बहादुर बिसी,नयाँ शक्तिपार्टीका उमेदवार छन्द पन्थी र बिबेकशिल साझा पार्टीका उमेदवार बिष्णुप्रसाद मिश्र रहेका थिए । उनिहरुले समग्र जिल्लाको आर्थीक,सामाजीक,सांस्कृतिक लगायत बिभिन्न क्षेत्रको विकाश गर्नका लागी आफुहरु उमेदवार भएर आएको हुदाँ जिल्लाको विकासको लागी निरन्तर रुपमा लागीपरीरहने भन्दै जिल्लालाई नमुना जिल्ला बनाउने अभियानमा लाग्ने समेत बताएका थिए  ।
कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

अन्य समाचारहरु