श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कात्तिक १७ अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धन अर्घाखाँचीको निर्वाचन परिचालन समितिको बैठक निर्वाचन परिचालन सम्बन्धमा आवश्यक निर्णयहरु गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ ।
एमाले,माओबादी केन्द्रको गठबन्धनले सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धन तर्फबाट बैठकले गरेका बिभिन्न निर्णयहरुको सार्बजनिक गरेको हो। जिल्लाबाट प्रतिनिधी सभाको लागी उम्मेदवारी दर्ता गराएका गठबन्धनका साझा उमेद्वार टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता र एमाले केन्द्रीय कमिटी सदस्य नजिर मियाको बिशेष उपस्थीतिमा सम्पन्न कार्यक्रममा निर्वाचनको लागी आबश्यक पर्ने बिभिन्न कमिटीहरुको नाम र कार्यतालीका समेत सार्बजनिक गरीएको थियो ।
गठबन्धनको बैठकले नेता टोपबहादुर रायमाझी संयोजक,नजिर मिया सहसंयोजक र रामबहादुर चौहान सचिब रहेको ३७ सदस्यीय निर्वाचन परिचालन कमिटीको गठन गरेको छ । त्यस्तै बैठकले नजिर मिया संयोजक रहेको ७ सदस्यीय अधिकार सम्पन्न अनुगमन समिति,चन्द्र बहादुर खड्का संयोजक रहेको ५१५१ सदस्यीय प्रचारप्रसार समिति,पिताम्बर भुसाल संयोजक रहेको ५ सदस्यीय आर्थीक कमिटि लगायतका बिभिन्न कमिटिहरुको निर्माण गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
कार्यक्रम माओबादी केन्द्रका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काको अध्यक्षता र एमाले सचिब रामबहादुर चौहानको सन्चालनमा सम्पन्न भएको थियो ।