अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको वार्ड नम्बर ७ स्थित फुदवाङमा आफ्नो छोरा कुटपिट गर्ने सौतेनी आमा र बुबालाई प्रहरीले प्रकाउ गरेको छ ।
फुदबाङ नजिकै डेरागरी बस्ने बल बहादुर नेपालीको छोरा शुभाष नेपालीलाई आफ्नै सौतेनी आमाले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले प्रकाउ गरेको हो ।
सौतेनी आमाले आज बिहान छोरालाई कुटपिट गरेर कानमा टोकेर लोति समेत चुँडिने अबस्थामा पुगेको थियो । १२ वर्षिय शुभाषलाई उपचार गर्न जिल्ला अस्पताल अर्घाखाँची लगिएको थियो ।
बालक शुभाषकी आमाले एक बर्ष पहिले आत्महत्या गरेर मरेकी थिईन् । बुबाले ज्वाला मजदुर गर्दै आएका छन् ।
बालक सुभाषको न्यायको निम्ति जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयमा निवेदन दर्ता गरिएको छ।
तस्बिर: सहयोगी बिसी