अर्घाखाँचीमा युवा संघ र वाइसीएलले वाम गठवन्धन उम्मेद्वारहरुलाई विजयी गराउन सम्पूर्ण शक्ति परिचालन गर्ने


कमल विष्ट 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । वाम गठवन्धनको युवा परिचालन कमिटीको वैठक  सन्धिखर्कमा सम्पन्न भएको छ ।
 वैठकमा एमाले, माओवादी केन्द्रका नेता, युवा संघ, वाइसीएलका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । 
वैठकले मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वाम  गठवन्धका उम्मेद्वारहरुलाई विजयी गराउन सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।  
वैठकले मंसिर २२ गते सम्म सबै स्थानीय तह स्तरमा विस्तारीत भेलाहरु सम्पन्न गर्ने निर्णय गरेको युवा संघका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । 
वैठक  युवा परिचालन समितिका संयोजक तथा एमाले सचिव रामबहादुर चौहानको अध्यक्षता, र सहसंयोजक नेकपा माओवादी केन्द्रका नेता तोज बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु