मालारानी गाउँपालिकाको मरेङकी एक टुहुरी बालिकालाई १२ कक्षा सम्मको निशुल्क पढाउन सहयोग ! समाजसेवी युवाराज थापाको मुल्याङ्कन भएन्

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सेवा नै हाम्रो धर्म !  अर्घाखाँची जिल्लाका एक समाजसेवी युवाले मालारानी गाउँपालिका वार्ड न – १ मरेङकी एक टुहुरी बालिकालाई १२ कक्षा सम्मको निशुल्क पढाउन सहयोग गर्ने भएका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड न १० – अर्घा बेल्टारीका हाल इजरायलमा कार्यरत समाजसेवी युवा युवराज थापा र गुल्मी जिल्लाको सत्यबती गाउँपालिका वार्ड न -६ का हाल रुपन्देही जिल्लाको तिलोकन नगरपालिका वार्ड न -५ बुटवलको मणिकग्रामा बसोबास गर्दै आएका हाल इजरायलमा कार्यरत समाजसेवी युवा राम ढकालले मालारानी गाउँपालिका वार्ड न – १ मरेङकी ११ वर्षिया मनिषा पोखेरेललाई १२ कक्षा सम्मको निशुल्क पढाउन सहयोग गर्ने भएका हुन् ।
बालिका मनिषाका बुवा भविष्वर पोख्रेल करिब ४ बर्ष अगाडि भारतको दिल्लीमा आत्महत्या गरेर मरेका थिए । सोही लगतै श्रीमती दुर्गा पोख्रेल आफ्ना ३ छोराछोरीहरु  मनिषा पोख्रेल, छोरा महेश पोख्रेल, कान्छो छोरा मनिराम पोख्रेललाई छोडेर २ वर्ष अगाडि अर्कैसँग पोईल गएकी थिईन् । बाबुको मृत्‍यु र आमा अर्कैसँग गएपछि ति ३ बालबालिकाहरु अलपत्र परेका थिए । 
बिचल्ली बालबालिका मध्ये मनिषा कक्षा ३, जेठो छोरा ८ बर्षका महेश पोख्रेल र बर्ष ४ को कान्छो मनिरामले १ कक्षामा आधारभुत बिधालय मालारानी वार्ड न -१ सुन्दरा पोखरा अर्घाखाँचीमा अध्ययनरत छन् ।
समाजसेवी युवराज थापा र राम ढकालले मनिषालाई १२ कक्षासम्मको शिक्षा हसिल गर्दा लाग्ने आर्थिक रकम बेहोर्ने र उनलाई शिक्षा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
साथै उनिहरुले टुहुरा २ जना भाइलाई स्कुल जानको लागि तत्काल खाचो परेका शैक्षिक सामाग्री कापी किताब, झोला, जुत्ता, टोपी स्विटर स्कुल ड्रेसहरु, जाडोमा लगाउने जकेट लत्ताकपडा ड्रेसहरु समेत उपबल्ध गराउने भएका छन् । 
उता टुहुरा बालबालिकालाई सहयोग गर्न भनी मरेङमा भेटघाट कार्यक्रम गरिएको थियो । जसमा समाजसेवी युवाराजका दाई युवराज थापा र सन्तोष शर्माले भेटघाट गरेका थिए । उक्त भेटघाट कार्यक्रममा वार्ड अध्यक्ष बालकृष्ण आचार्य, चन्द्रकान्त आचार्य, डिल्लीराज आचार्य, धारन्धर आचार्य, कमला आचार्य, पार्वता पोख्रेल, राधा सुवेदी, भगवती भुसाल, तिलक राम आचार्य, घनश्याम छेत्री, कमल पोख्रेल, गिरिराज पोख्रेलका दाजुभाइ लगायतका ब्याक्तिहरुको उपस्थिति रहेको थियो । 
जिल्लामा समाजसेवी युवाराज थापाको मुल्याङ्कन भएन्
अर्घाखाँचीका एक मात्र समाजसेवी युवाराज थापाले जिल्लाका कयौ पैसाको अभावमा उपचार गर्न नसक्ने विरामीहरुलाई नयाँ जीवन दिदै आएका छन् । अर्घाखाँचीको ईतिहासमा पहिलो समाजसेवीको रुपमा युवाराज थापा स्थापित भएका छन् । सन्धिखर्क नगरपालिका वार्ड न १० – अर्घा बेल्टारीका युवाराज थापा धेरैजनाको ज्यान बचाएका र गरिव असाहय-अशक्त बालबालिका देखि वृद्धसम्मका धेरै व्यक्तिलाई विदेशमा बसेर पनि सहयोग गर्दै आएका छन् । 
युवराजले पछिल्लो समय अर्घाखाँचीका लगभग सबै आर्थिक अवस्था कमजोर भएका विरामीहरु,गरिव असाहय-अशक्त बालबालिका देखि वृद्धलाई आर्थिक संकलन गर्दै, कहिले आफ्नै खर्च गरेर सहयोग गर्दै आएका छन् । विडम्बना के भने अर्घाखाँचीमा समाजसेवी युवाराज थापाको कुनै मुल्याङ्कन हुन सकेन् भन्छन् सन्धिखर्कका कृष्ण भुसाल । जिल्लामा फेसबूकबाट ठुला-ठुला गफ गर्ने, समाजसेवा गर्ने नाममा पैसा कमाउने भाडो बनाउनेलाई मात्र सम्मान गरेको देखिन्छ उनले भने । भुसालले भने; समाजसेवी युवाराज थापालाई जिल्लाले सम्मान, कदर गरी हौसला प्रदान गर्नुपर्छ । 

अन्य समाचारहरु