अर्घाखाँचीबाट प्रतिनिधि सभामा टाेपबहादुर रायमाझी, प्रदेश सभा क्षेत्र नं. १ मा चेतनारायण आचार्यले सजिलै जित्ने अनुमान, प्रदेश सभा क्षेत्र नं. २ मा प्रतिस्पर्धा (सम्पूर्ण प्रक्षेपण सहित)

– २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. १ र २ बाट एमाले र माओवादीले  कुल ४६,०५६ मत र नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट २५,२७० मत | असार १४, २०७४ बुधवार सम्पन्न स्थानिय निर्वाचनमा  ३ नगरपालिका र ३ गाउँपालिकाका ६१ वार्ड मध्ये नेपाली कांग्रेसले २५ वटा वार्ड, एमालेले २५ वटा वार्ड, माओवादी केन्द्रले ७ वार्ड र राष्ट्रिय जनमोर्चाले ४ वटा 


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुन गईरहेको आम निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले अर्घाखाँची जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा  क्षेत्र नं. १ निर्वाचन सजिलै चुनाव जित्ने अनुमान गरिएको छ । साथै जिल्लामा अर्को शक्ति राष्ट्रिय जनमोर्चाले समेत बाम गठबन्धनका उम्मेदवार टाेपबहादुर रायमाझीलाई सघाउने भएपछि प्रतिनिधि सभा चुनाव जित्ने लगभग पक्का भएको छ । यस्तै कांग्रेसलाई प्रतिनिधि सभा र प्रदेश सभा र क्षेत्र नं. १ मा चुनाव जित्न  फलाम चपाएर निल्न सरह हुनेछ । जित्ने अवस्था न्युन रहेको छ ।   
अर्घाखाँची डट्कमले विगतका पहिलो र दोस्रो संविधानसभाको निर्वाचन, असार १४ मा सम्पन्न स्थानिय निर्वाचन र जिल्लाका विभिन्न ठाउँमा गरेको अध्ययन, प्रक्षेपण अनुसार आगामी मंसिर २१ गते हुन गईरहेको आम निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधि सभामा बाम गठबन्धन उम्मेदवार टाेपबहादुर रायमाझी (माआेवादी केन्द्र) ले कांग्रेसका डा. रामबहादुर बिसीलाई हराउने छन् । यस्तै  प्रदेश सभा क्षेत्र नं. १ मा बाम गठबन्धनका चेतनारायण आचार्य ( एमाले) ले कांग्रेसका बिष्णु मुस्कानलाई हराउने छन् ।
भने प्रदेश सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका रामजीप्रसाद घिमिरे ( एमाले) र  कांग्रेसका हिम्मत टण्डन बिच प्रतिस्पर्धा हुनेछ । 
संविधानसभा निर्वाचन २०७० मा एमाले र माओवादीको ४६,०५६ मत, कांग्रेसको २५,२७० मत
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीले १२,२८६ मत र एमालेले १०,२४० मत गरी कुल २२,५२६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसले ११२३४ मत ल्याएको थियो । यस्तै क्षेत्र नं. २ 
बाट एमालेले १६,६५० मत र एकीकृत नेकपा माओवादी ६,८८० मत गरी कुल २३,५३० मत प्राप्त गरेका थिए भने नेपाली काँग्रेसले १४०३६ मत ल्याएको थियो । 
अर्घाखाँची जिल्ला क्षेत्र नं. १ र २ बाट एमाले र माओवादीले  कुल ४६,०५६ मत ल्याएका थिए भने नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट २५,२७० मत ल्याएको थियो । 
जस अनुसार पहिलो सविधान सभा निर्वाचनमा र २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीका टोपबहादुर रायमाझी विजयी भएका थिए । रायमाझीले १२२८६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सीले ११२३४ मत ल्याएको थिए । यस्तै एमालेले १०२४० मतका साथ तेश्रो स्थानमा प्राप्त गरेको थियो । रायमाझीले  प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सी.लाई करीव एक हजार मतले पराजित गरेका थिए । 
यस्तै दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. २ बाट नेकपा एमालेका डा. दुमन थापा विजयी भएका थिए । थापाले  प्रतिद्वन्दी नेपाली काँग्रेसका पुष्पा भुसाललाई २६०० बढि मतले पराजित गर्दै विजयी भएका थिए । थापाले १६६५० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले १४०३६ मत ल्याएको थियो भने एकीकृत नेकपा माओवादी ६८८० मतका साथ तेश्रो स्थानमा रहेको थियो ।   

असार १४ मा सम्पन्न स्थानिय निर्वाचनमा पनि कांग्रेस पछाडि  
जिल्लाभर २०७४ आषाढ १४, बुधवार सम्पन्न स्थानिय निर्वाचनमा कुल मतदाता संख्या १२६,७१७ मध्ये ९०,२५०  मतदान अर्थात ७१.२२% मत खसेको थियो । स्थानिय निर्वाचनमा अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिकाका ६१ वार्ड मध्ये नेपाली कांग्रेसले २५ वटा वार्ड, एमालेले २५ वटा वार्ड, माओवादी केन्द्रले ७ वार्ड र राष्ट्रिय जनमोर्चाले ४ वटा जितेका थिए ।  
सन्धिखर्क नगरपालिका 
(४,५,८,९,१०,११,१२ नं वार्ड प्रदेशसभा क्षेत्र नम्बर १ मा र बाँकी १,२,३,६,७ नं वार्ड क्षेत्र नम्बर २ मा )
सन्धिखर्क नगरपालिकामा मेयर नेपाली कांग्रेसका कमलप्रसाद भूसालले ८२३० मत लिएर बिजयी भएका थिए भने पराजित एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मत लिएका थिए । यस्तै सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वार्ड जितेको थियो भने एमालेले ५ वार्ड र माओवादी केन्द्रले १ वार्ड जितेको थियो । नेपाली कांग्रेसबाट ३ वार्डबाट नेपाली कांग्रेस  लिला गौतम, ४ वार्डबाट नेपाली कांग्रेस कृष्ण प्रसाद श्रेष्ठ ( ठाकुर ), ५ वार्डबाट नेपाली कांग्रेस राजेन्द्र भुसाल, ६ वार्डबाट नेपाली कांग्रेस  कृष्ण बहादुर आचार्य, ७ वार्डबाट   नेपाली कांग्रेस पृतम थापा, १२ वार्डबाट नेपाली कांग्रेस नारायण खड्काबाट जितेको थियो । साथै सन्धिखर्क नगरपालिकामा नेकपा एमालेबाट १ वार्डबाट एमाले युबराज बन्जाडे, २ वार्डबाट एमाले  मोतिजंग रायमाझी वन्जाडे, ८ वार्डबाट नेकपा एमाले इश्वरी प्रसाद भुसाल, १० वार्डबाट नेकपा एमाले लक्ष्मी नारायण चुदाली र ११ वार्डबाट नेकपा एमाले धुर्वराज आचार्यले जितेका थिए । र ९ वार्डबाट  माओवादी केन्द्रका देवी बहादुर रायमाझीले जितेका थिए । 
भूमिकास्थान नगरपालिका 
(१,२,३,४ नं वार्ड प्रदेशसभा क्षेत्र नम्बर १ मा र बाँकी ५,६,७,८,९,१०, नं वार्ड क्षेत्र नम्बर २ मा )
भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्रका रेशम थापा ५३३० मत लिएर बिजयी भएका थिए भने पराजित राष्ट्रिय जनमोर्चा कविराम खनालले ४५४२ मत लिएका थिए । र एमाले पीताम्बर भूसालले ४२५० मत लिएका थिए । यस्तै भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले ४ वटा वार्ड, नेपाली कांग्रेसले १ वटा वार्ड, एमालेले ४ वार्ड र माओवादी केन्द्रले १ वार्ड जितेका थिए । राष्ट्रिय जनमोर्चाबाट १ वार्डबाट  राष्ट्रिय जनमाेर्चा भाेजराज खनाल, २ वार्डबाट राष्ट्रिय जनमाेर्चा बुद्धि बहादुर थापा, ४ वार्डबाट राष्ट्रिय जनमाेर्चा बाबुराम सुनार र ५  वार्डबाट राष्ट्रिय जनमोर्चा तुल्सि बेल्बासे नेकपा एमालेबाट ७ वार्डबाट नेकपा एमाले तारा मल्ल, ८ वार्डबाट एमाले  कुमार श्रेष्ठ, ९ वार्डबाट एमाले नारायण प्रसाद खनाल र १० वार्डबाट एमाले खगेश्वर पन्थीले जितेका थिए भने माओवादी केन्द्रबाट ३ वार्डबाट माअाेबादी केन्द्र  बालकृष्ण बन्जाडेले जितेका थिए । 
शितगंगा नगरपालिका प्रदेशसभा क्षेत्र नम्बर २ मा)
शितगंगा नगरपालिकामा नेपाली कांग्रेस सूर्यप्रसाद अधिकारीले ८६७७ मत लिएर विजयी भएका थिए भने पराजित एमालेका वसन्तकुमार श्रेष्ठले ६९९० मत लिएका थिए । वार्डमा नेपाली कांग्रेसले ८ वार्ड, एमाले ३ वार्ड र माओवादी केन्द्रले २ वार्ड जितेको थियो । जसमा नेपाली कांग्रेसबाट ३ वार्डबाट नेपाली कांग्रेस हेमनाथ भुसाल, ४ वार्डबाट नेपाली कांग्रेस दामोदर अधिकारी, ५  वार्डबाट नेपाली कांग्रेस कमल पौडेल, ७  वार्डबाट नेपाली काङ्ग्रेस  मोहन  पन्थी, १० वार्डबाट कांग्रेस हिम्मत पोख्रेल, ११ वार्डबाट नेपाली कांग्रेस  कपिल अाले, १२ वार्डबाट नेपाली कांग्रेस बाबुराम गैरे र १४ वार्डबाट नेपाली कांग्रेस दामोदर न्यापानेले जितेका थिए । यस्तै एमालेबाट १ वार्डबाट एमाले बुद्धि कृष्ण पौडेल, २ वार्डबाट नेकपा एमाले गोबर्धन थापा र ६ वार्डबाट   एमाले   ॠषि रेग्मीले जितेका थिए । साथै माओवादी केन्द्रबाट ८ वार्डबाट माअाेबादी केन्द्र रुपेस अाले मगर र ९ वार्डबाट माओवादी  भीम केसीले जितेका थिए । 
पाणिनी गाउँपालिका  प्रदेशसभा क्षेत्र नम्बर २ मा)
पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका अच्युत गौतमले ५९७७ मत लिएर बिजयी भएका थिए भने पराजित एमाले जीवनारायण कोइरालाले ५४८५ मत लिएका थिए । यस्तै वार्डमा नेपाली कांग्रेसले ४ वार्ड, एमालेले ४ वार्ड जितेका थिए । जसमा नेपाली कांग्रेसबाट १ वार्डबाट कांग्रेस शालिकराम भट्टराई, २ वार्डबाट कांग्रेस शालिकराम भट्टराई, ४  वार्डबाट काग्रेसका थानेश्वर घिमिरे र ६  वार्डबाट नेपाली कांग्रेस सुब बहादुर सारुले जितेका थिए भने एमालेबाट ३ वार्डबाट नेकपा एमाले देब बहादुर केसी, ५ वार्डबाट   एमाले  जिवलाल घिमिरे, ७ वार्डबाट नेकपा एमाले गुनाखर अधिकारी र ८ वार्डबाट नेकपा एमाले मिनराज अर्यालले जितेका थिए । 
मालारानी गाउँपालिका  ( प्रदेशसभा क्षेत्र नम्बर  मा)
मालारानी गाउँपालिकामा एमालेका बालकृष्ण आचार्यले ५८५३ मत लिएर बिजयी भएका थिए भने पराजित माओवादीका केन्द्र पदम क्षत्रीले ४९७६ मत लिएका थिए । यस्तै वार्डमा एमालेले ६ वार्ड र माओवादी केन्द्रले ३ वार्ड जितेको थियो । जसमा एमालेबाट १ वार्डबाट एमाले बालकृष्ण आचार्य, २ वार्डबाट एमाले विनोद भुसाल, ३ वार्डबाट नेकपा एमाले जीवन चौहान, ४ वार्डबाट नेकपा एमाले बिष्णु पोखेरेल, ७ वार्डबाट नेकपा एमाले खडक प्रसाद भुसाल र ८ वार्डबाट एमाले नरेन्द्र बस्नेतले जितेका थिए । साथै माओवादी केन्द्रबाट ५ वार्डबाट माओवादी केन्द्र शोभाखर भुसाल, ६ वार्डबाट माओबादी केन्द्र  नारायण अर्याल र ९ वार्डबाट माओवादी केन्द्र थनबहादुर पुन मगरले जितेका थिए ।
छत्रदेव गाउँपलिका ( प्रदेशसभा क्षेत्र नम्बर  मा)
छत्रदेव गाउँपलिकामा नेपाली कांग्रेसका लेखनाथ पोखरेलले ६०२७ मत लिएर विजयी भएका थिए भने पराजित एमालेका ऋषिराम अधिकारीले ४८४१ मत लिएका थिए । यस्तै वार्डमा नेपाली कांग्रेसले ६ वार्ड जितेको थियो भने एमालेले २ वटा वार्ड जितेको थियो । जसमा कांग्रेसबाट १ वार्डबाट नेपाली कांग्रेस  प्रकाश् राज पन्थी, २ वार्डबाट कांग्रेस राजेश कुमार पन्थी, ४ वार्डबाट नेपाली कांग्रेसका अशोक श्रेष्ठ, ५ वार्डबाट कांग्रेस बालकृष्ण श्रेष्ठ, ६ वार्डबाट कांग्रेस कमल पौडेल र ८ वार्डबाट नेपाली कांग्रेस   राज कुमार श्रेष्ठले जितेका थिए । यस्तै एमालेबाट ३ वार्डबाट नेकपा एमाले  तेज प्रसाद खनाल र ७ वार्डबाट नेकपा एमाले शाेभाखर पाण्डेले जितेका थिए ।  
रायमाझीलाई युवावर्गबाट समेत बढी मत
अर्घाखाँची जिल्लामा बिकासबादी नेता भनेर चिनेका टोप बहादुर रायमाझीलाई युवावर्गबाट समेत बढी मत पर्न सक्ने देखिन्छ । जिल्लाबाट २ पटक सम्म निर्वाचित भएर गएका रायमाझी स्थानिय बिकासमन्त्री देखि उपप्रधानमन्त्री सम्म भए । जिल्लामा डोरपाटन सडक अहिले सम्म सम्पन्न हुन सकेको छैन् भने अर्घामा विमानस्थल निर्माण कुरामा मात्र सिमित छ । 

यस्तै जिल्लामा पर्यटन विस्तार, विधुत, खानेपानी लगायतका कयौ कार्य गर्ने भनेता  पनि रायमाझीले अहिले सम्म केही गर्न सकेका छैनन् । गोरसिङे सन्धिखर्क सडक खन्डको अवस्था उस्तै छ । तर रायमाझीले जिल्लाबासीलाई एक गुन लगाएका छन् त्यो भनेको उनी महिना – महिनामा मन्त्री हुँदा वा नहुँदा जिल्ला आउने जाने गर्द्छन् ।  जिल्लामा जन्मेका अन्य नेताहरु काठमाडौं छिरे पछि गृह जिल्ला अाउन छाडेको देखिन्छ । त्यस्तै ५ नम्बर प्रदेशलाई टुक्राउन नदिने अभियानमा रायमाझीले खेलेको भूमिकालाई जिल्लाबासीले प्रशसा गरेको देखिन्छ ।  अन्तत रायमाझीले सविधान संसोधनको पक्षमा मतदान गरेका थिए । 
चुनावी  प्रतिस्पर्दामा उत्रिएका  उम्मेदवारहरुको विवरण :- 
प्रतिनिधि सभा 
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १ 
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) सागर के. सी ( राष्ट्रिय जनमोर्चा )
(४) दिपक कुँवर ( राष्ट्रिय प्रजातन्त्र पार्टी )
(५) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(६) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
प्रदेश सभा क्षेत्र नम्बर-२   
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) झबिलाल थापा ( राष्ट्रिय जनमोर्चा )
(४) अम्मर बहादुर थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी )
(५) बिना सुनार (नेकपा  माले )
(६) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(७) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )

मतदाता संख्या १,३८,३२७ जना

अर्घाखाँची जिल्लामा  प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २७ जनाले मतदान गर्न पाउँने भएका  छन् ।  एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने  छन् । 

प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका  छन् ।  प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् ।

जिल्लामा निर्वाचन क्षेत्र निर्धारण 
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:- 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका  १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका

सम्बन्धित समाचार:-
अर्घाखाँचीमा स्थानिय निर्वाचनको परिणाम विवरण

अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत माओवादीका टोपबहादुर रायमाझी विजयी

अर्घाखाँची क्षेत्र नं २ बाट एमालेका डा. दुमन थापा बिजयी

अन्य समाचारहरु