सन्धिखर्कमा शिक्षा, स्वास्थ्य र कृषिका सवालमा छलफल गर्दै साझा सभा सम्पन्न

सागर परियार
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा साझा सभा सम्पन्न भएको छ । पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज सन्धिखर्क, इन्सेक अर्घाखाँची र सुशासन प्रर्बधनका लागि नागरीक सञ्जाल अर्घाखाँचीको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । 
साझा सभामा स्थानीय स्तरबाट ल्याइएका शिक्षा, स्वास्थ्य र कृषिका समस्या तथा सवालहरुमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले सुशासन प्रर्बधनका लागि सबै पक्ष पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । स्थानीय विकास अधिकारी हरीनारायण बेल्बासेले सुशासन कायम राख्ने अबको जिम्मेवारी जनप्रतिनिधीको काधमा बढि रहेको बताउनुभयो । बेल्बासेले सेवाप्रदायक व्यक्तिहरु समेत त्यसका निम्ती उत्तरदायी रहेको उल्लेख गदै स्थानीय तह चनाखो बन्नुपर्ने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले कृषि प्राबिधिकले अहिलेको अवस्थामा वडा सचिव बनेर सेवा प्रवाह प्रदान गर्दा समस्या पैदा भएको बताउनुभयो । भुसालले बिषयगत कार्यलयले आफ्नो कामलाई पारस्परिक र जवाफदेहि बनेर गर्न सबैलाई आग्रह पनि गर्नुभयो । 
कार्यक्रममा पत्रकार महांघका अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’, गैरसरकारी संस्था महासंघका अध्यक्ष भोजबहादुर गन्दर्व, बारका अध्यक्ष केबी भुसाल, अर्घाखाँची उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठ लगायतले शिक्षा, स्वास्थ्य र कृषिका बिषयमा सञ्चालित परियोजनाले राज्यको सेवाप्रवाहमा प्रभावकारीता ल्याउने उल्लेख गर्नभएको थियो ।
कार्यक्रममा उठेका समस्या तथा सवालहरुको बारेमा जवाफ दिदै  जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले शिक्षा क्षेत्रका समस्या समाधान गर्नका लागै सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनुभयो । जिल्ला जनस्वास्थ्य अधिकृत पुस्पा थापाले स्वास्थ्य संस्थाको सामाजिक परीक्षणलाई क्रमैसँग सबै स्वास्थ्य संस्थामा पु¥याउने उल्लेख गर्नुभयो । जिल्ला कृषि विकास कार्यलयका बाली विकास अधिकृत नन्दराम पाण्डेले जिल्लामा बाली बिमा र कृषि प्राबिधिकको समस्या स्थानीय तह निर्माण भएसँगै झनै बढ्दै गएको बताउनुभयो ।   
 एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा अर्याल, अर्घाखाँची शाखा अध्यक्ष हृदय कुमार भुसालले सार्वजनिक निकायलाई आपसी छलफल र अन्र्तक्रियाबाट जवाफदेहि बनाउन परियोजना सञ्चालन भएको बताउनुभयो । राज्यको सेवा प्रवाहमा प्रभावकारीता ल्याउन सेवाप्रदायक र सेवा ग्राही पनि सचेत बन्नुपर्नेमा सहभागीको जोड रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माको अध्यक्षता, इन्सेक प्रतिनिधी नारायण भुसालको सञ्चालन रहेको थियो ।  पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जिल्लामा शिक्षा, स्वास्थ्य र कृषिका समस्या तथा सवालको बारेमा जानकारी गराउनुभएको थियो । परियोजना जिल्लाको सन्धिखर्क नगरपालिकाको ११ र १२ डिभर्ना र छत्रदेब गाउँपालिकाको भवगतिमा लागु भैरहेको छ । 

अन्य समाचारहरु