मालारानी मरेङका टुहुरा बालबच्चाहरुलाई जाडोमा लगाउने लत्ताकपडा हस्तान्तरण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
मरेङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सेवा नै हाम्रो धर्म !  अर्घाखाँची जिल्लाका एक समाजसेवी युवाले मालारानी गाउँपालिका वार्ड न – १ मरेङका टुहुरा बालबच्चाहरुलाई जाडोमा लगाउने लत्ताकपडा र सम्पुर्ण  स्कुलका ड्रेस लगायत हस्तान्तरण गरिएको छ । 
मरेङका टुहुरा बालबच्चाहरु मनिषा पोख्रेल, महेश पोख्रेल र मनिराम पोख्रेललाई जाडोमा लगाउने लत्ताकपडा र स्कुलका ड्रेसहरु हस्तान्तरण गरिएको हो । मनिषालाई जाडोमा लगाउने एक १- पिस जाकेट , एक पिस टिसर्ट लाम बाउले ,गरम टोपी ,स्कुल जादा लगाउने निलो कलरको स्विटर , एक जोर काला जुत्ता ,एक जोर मजा , र एक जोर स्कुल जादा लगाउने ड्रेस निलो कमिज र कालो पाइन्ट, यस्तै महेशको लागि एक १-जोर निलो कमिज , कालो पाइन्ट ,स्कुल ड्रेस ,जाडोमा लगाउने १ वाटा जाकेट , स्कुल जादा लगाउने निलो कलरको स्विटर ,१ जोर काला जुत्ता एक जोर मजा , १ वाटा गरम टोपी ,र १ पिस लाम बाउले टिसर्ट र कान्छो छोरा मनिरामको लागि एकजोर पिन्क कलरका जाडोमा लगाउने जुत्ता ,स्कुल जादा लगाउने निलो कलर को कमिज कालो पाइन्ट ,१ जोर मजा , एक पिस लाम बाउले टिसर्ट ,एक पिस जाडोमा लगाउने जाकेट र गरम टोपी समाजसेवी तथा मोडेल युवराज थापा र मोडल सन्तोष शर्माले हस्तान्तरण गरेका थिए। 
 यस अघि जिल्लाका एक समाजसेवी युवाले एक टुहुरी बालिकालाई १२ कक्षा सम्मको निशुल्क पढाउन सहयोग गर्ने घोषणा गरेका थिए ।
सन्धिखर्क नगरपालिका वार्ड न १० – अर्घा बेल्टारीका हाल इजरायलमा कार्यरत समाजसेवी युवा युवराज थापा र गुल्मी जिल्लाको सत्यबती गाउँपालिका वार्ड न -६ का हाल रुपन्देही जिल्लाको तिलोकन नगरपालिका वार्ड न -५ बुटवलको मणिकग्रामा बसोबास गर्दै आएका हाल इजरायलमा कार्यरत समाजसेवी युवा राम ढकालले मालारानी गाउँपालिका वार्ड न – १ मरेङकी ११ वर्षिया मनिषा पोखेरेललाई १२ कक्षा सम्मको निशुल्क पढाउन सहयोग गर्ने भएका हुन् ।
बालिका मनिषाका बुवा भविष्वर पोख्रेल करिब ४ बर्ष अगाडि भारतको दिल्लीमा आत्महत्या गरेर मरेका थिए । सोही लगतै श्रीमती दुर्गा पोख्रेल आफ्ना ३ छोराछोरीहरु  मनिषा पोख्रेल, छोरा महेश पोख्रेल, कान्छो छोरा मनिराम पोख्रेललाई छोडेर २ वर्ष अगाडि अर्कैसँग पोईल गएकी थिईन् । बाबुको मृत्‍यु र आमा अर्कैसँग गएपछि ति ३ बालबालिकाहरु अलपत्र परेका थिए । 
बिचल्ली बालबालिका मध्ये मनिषा कक्षा ३, जेठो छोरा ८ बर्षका महेश पोख्रेल र बर्ष ४ को कान्छो मनिरामले १ कक्षामा आधारभुत बिधालय मालारानी वार्ड न -१ सुन्दरा पोखरा अर्घाखाँचीमा अध्ययनरत छन् ।
समाजसेवी युवराज थापा र राम ढकालले मनिषालाई १२ कक्षासम्मको शिक्षा हसिल गर्दा लाग्ने आर्थिक रकम बेहोर्ने र उनलाई शिक्षा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
उता टुहुरा बालबालिकालाई सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी युवाराजका दाई युवराज थापा र सन्तोष शर्माले भेटघाट गरेका थिए । उक्त भेटघाट कार्यक्रममा वार्ड अध्यक्ष बालकृष्ण आचार्य, चन्द्रकान्त आचार्य, डिल्लीराज आचार्य, धारन्धर आचार्य, कमला आचार्य, पार्वता पोख्रेल, राधा सुवेदी, भगवती भुसाल, तिलक राम आचार्य, घनश्याम छेत्री, कमल पोख्रेल, गिरिराज पोख्रेलका दाजुभाइ लगायतका ब्याक्तिहरुको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु