सन्धिखर्कमा प्रहरी लाठीचार्ज पछि आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरी प्रशासन बीच सहमती, बन्द लगायत आन्दोलनका कार्यक्रम स्थगित (सहमती-भिडियो- तस्बिर सहित)


युवाराज थापा /अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा एक युवालाई प्रहरीको लाठीचार्ज गर्दा घाईते भएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरी प्रशासन बिच बिहीवार सहमती भएको छ । सहमती पछि बजार बन्द लगायतका आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर  २ चुत्राबेशीमा किराना व्यापार गरि बस्ने अनवर मियाको परिवारमा भएको झगडा मिलाउन गएका चुत्राबेसीमा ईलेक्ट्रीकल पसल एवम सुपादेउराली केबल नेर्टवकका सञ्चालक दामोदर के.सीलाई प्रहरीले लाठीचार्ज गर्दा घाईते भएका थिए ।  आरोप लगाउदै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।
आन्दोलनमा उत्रिएका स्थानीय र प्रशासन बिच भएको सहमती अनुसार उचित निस्पक्ष छानबिन गरि प्रमाणित भए प्रहरीलाई बिभागिय कार्बाही गरिने गरिने भएको छ । घटनाको प्रहरीले कमजोरी गरेको भन्दै डिएस्पी एकनारायण कोइरालाले नैतीक रुपमा जिम्मेवारी लिएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी प्रमुख एकनारायण कोइराला, राष्ट्रिय जनमोर्चाका शेर बहादुर बिसी लगायत आन्दोलनमा उत्रिएका स्थानियबासीहरुको सहभागीता थियो ।
यस अगाडी स्थानियबासीहरुले सन्धिखर्क, चुत्राबेशी बन्द गराउनुका साथै प्रहरी प्रशासन विरुद्द चर्का नारा लगाउदै प्रर्दशन गरेका थिए । दामोदर के.सीलाई प्रहरीको लठ्ठि हान्दा घाईते भएको आरोप लगाउदै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए । प्रदर्शनमा युवाहरुले डिएसपी एकनारायण कोइरालाको राजिनामा तथा जिल्ला छोड्न माग गरेका थिए ।
पारिवारिक झगडामा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको स्थानियबासीको आरोप थियो । सामान्य झगडा भएको बेला प्रहरीले अवस्था मथ्थर पर्नुको सट्टा लाठीचार्ज गरेको भन्दै प्रहरी प्रति सन्धिखर्कबासी आक्रोशित भएका थिए ।
बजारमा इमान्दार मानिएका घाईते के.सीको टाउकोमा गम्भिर चोट लागेको छ । गम्भीर घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसक्दा बुटवल रिफर गरिएको छ ।
कोईरालाको राजिनामा नदिएसम्म अर्घाखाँची बन्द लगायतका आन्दोलन घोषणा गरिने उनिहरुले चेतावनी दिएका थिए ।
अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको प्रहरी प्रशासनले निर्दोष मानिसलाई आक्रमण गर्ने, लाठीचार्ज गर्ने, शान्ती खैलाबैला गर्ने काम गरेको भन्दै सयौको संख्यामा उपस्थिती भएका आक्रोशित स्थानियबासीहरुले प्रहरी प्रशासन विरुद्द चर्का नारावाजी गरेका थिए । लाठीचार्जबाट घाईते भएको विरोधमा निकालिएको प्रदर्शन केही मथ्थर भएपनि आज बिहीवार वार्ता बस्ने र  थप संघर्षका कार्यक्रम तय गरीने युवाहरुले बताएका थिए ।
घटनापछि देश – विदेशबाट सामाजिक संजाल मार्फत समेत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको ठुलो आलोचना भएको थियो ।
 
सम्बन्धित समाचार:-


अन्य समाचारहरु