ढाकावाङमा कांग्रेसको चुनावी कार्यक्रम सम्पन्न, डा. रामबहादुर विसीद्दारा स्वास्थ्य क्षेत्रमा अर्घाखाँची जिल्लालाई नमुना बनाउने दाबी

ढाकावाड्ड, अर्घाखाँची । नेपाली कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १ ढाकावाड्डमा सम्पन्न भएको छ । 
सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसीले स्वास्थ्य क्षेत्रमा अर्घाखाँची जिल्लालाई नमुना बनाउने बताउनुभयो । उहाँले विकासका नारा सवैले लिएर हिडेपनी खासै विकास पनी हुन नसकेको र स्वास्थ्यका कुरा कसैले नसमेटेकोले महत्वपुर्ण स्वास्थ्य भएकाले देशकै नमुना जिल्ला बनाउने उदघोष गर्नुभयो । उहाँले विकास भन्दा महत्वपुर्ण स्वास्थ्य सँगसँगै विकास पनी हुनुपर्छ, तर आफुले प्राथमिकता स्वास्थ्यलाई नै राख्ने बताउनुभयो ।
प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विष्णुप्रसाद खनाल मुस्कानले विद्यार्थी कालदेखी नै जिल्लाका कुना काप्चा सम्मको वस्तुस्थीती बुझेकाले जिल्लालाई कसरी समृद्ध बनाउँन सकिन्छ भनेर आनो उम्मेदवार रहेको बताए । बामगठबन्धनको विरुद्ध आफ्नो उम्मेदवारी रहेकाले सामान्य गरिवले पनी उम्मेदवार पाउँने भएकाले गरिवको मन जितेर आफुले जित्ने दाबी गनुभयो ।
५ नम्बर प्रदेश समानुपातिक उम्मेदवार निर्मला क्षेत्रीले महिला हक अधिकार सुनिश्चतका लागी निरन्तर लागीरहेको बताउनुभयो ।
महिला शसक्तीकरणका लागी पार्टीको निर्देशन अनुसार केन्द्रदेखी गाउँतहसम्म पुगेको स्मरण गराउँदै आउँदो दिनमा पनी जिल्लाको समग्र विकासमा लागी पर्ने नेतृ क्षेत्रीले बताउँनुभयो ।
भुमिकास्थान नगरपालिका उपप्रमुख खडानन्द बेल्वासे, क्षेत्रीय सभापती केशवराज कुवँर, महासमिती सदस्य केशव श्रेष्ठ, जिल्ला सदस्यहरु प्रेम बेल्वासे, कृष्ण खनाल लगाएतले कांग्रेसलाई जिताउँन लागीपर्ने बताए । कार्यक्रम ढाकाबाड्डका पुर्व सभापती बासुदेव गिरीको अध्यक्षता, जिल्ला सदस्य संगीता बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।  घनश्याम पौडेलले हिन्दुखबरमा समाचार लेखेका छन् । 

अन्य समाचारहरु